देहरादून, 14 नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक (आरएसएस प्रमुख) डा. मोहन भागवतले 16 देखि 19 नोभेम्बरसम्म देवभूमि उत्तराखण्डमा दौड़ाह गर्नेछन्। नेपाल र चीनको सीमासित टाँसिएको उत्तराखण्डको सीमान्त जिल्ला पिथौरागढ़मा डा. भागवतको चार दिवसीय कार्यक्रम छ। भागवतको दौड़ाह सामरिक दृष्टिले महत्वपूर्ण मानिन्दैछ।
सरसंघचालक मोहन भागवतले वर्तमान वैश्विक परिस्थितिहरूमा विश्वलाई सही बाटो देखाउनको निम्ति सनातन धर्मका सिद्धान्तहरूमाथि आधारित हिन्दुत्वको बोध गराउनेछऩ् र मानवताको कल्याणको निम्ति पंच परिवर्तन यथा स्वदेशी, सामाजिक समरसता, कुटुम्ब प्रबोधन, नागरिक कर्तव्य र पर्यावरण एवं जल संरक्षणको सन्देश दिनेछन्।
वस्तुतः सामाजिक समस्याहरू र सुरक्षामाथि ध्यान दिनु पनि आजको समयको एउटा ठूलो जिम्मेवारी हो। यस्तो स्थितिमा सबै साथमा मिलेर हिँड्ने र सन्तुलनको बाटो देखाउनको निम्ति उनले विविधतामा एकताको महत्वमाथि जोड दिनेछन्। उत्तराखण्ड राष्ट्रिय स्वयंसेवक संघका प्रान्त प्रमुख संजयले भने, सरसंघचालक डा. मोहन भागवतको प्रवासमा 16 नोभेम्बरदेखि 19 नोभेम्बरसम्म विभिन्न कार्यक्रम आय़ोजित गरिनेछ। यस अवधि उनले अलग-अलग सांगठनिक बैठक बाहेक अन्य केही कार्यक्रममा सामेल हुनेछन् र कार्यकर्ताहरूसित चार बैठक गर्नेछन्।
सरसंघचालकले सबै जिल्ला प्रचारक र वरिष्ठ प्रचारकहरूको साथ संवाद बैठक गर्नेछन्। 17 नोभेम्बरमा भागवत पिथौरागढ़ जिल्लामा मुवानीमा नवनिर्मित शेर सिंह कार्की विद्यालय भवनको लोकार्पण गर्नेछन्। यसको सार्वजनिक कार्यक्रम बाहेक डा. भागवत जनमानसको साथ वर्तमानको शाखा मिलन र मन्डली संघ कार्यको विस्तारमाथि चर्चा गर्नेछन्। उनले शताब्दी वर्षमा पंच परिवर्तन-स्वदेशी, सामाजिक समरसता, कुटुम्ब प्रबोधन, नागरिक कर्तव्य, पर्यावरण एवं जल संरक्षणमाथि पनि जोड दिनेछन्। उत्तराखण्डमा वर्तमानमा 1435 शाखा छन्। 357 मिलन र 211 मण्डली छन्।
हिन्दुस्थान समाचार / भवानी थामी