प्रधानमन्त्री मोदीलाई कोविडमा मद्दतको निम्ति डोमिनिकाको सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गरिने
प्रधानमन्त्री मोदीलाई कोविडमा मद्दतको निम्ति डोमिनिकाको सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गरिने


नयाँ दिल्ली, 14 नोभेम्बर (हि.स.)। डोमिनिका सरकारले कोविड-19 मा मद्दतको निम्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च राष्ट्रिय सम्मान ‘डोमिनिका अवार्ड अफ अनर’ ले सम्मानित गरिने घोषणा गरेको छ। उनलाई यो सम्मान जर्जटाउन, गुयानामा आय़ोजित भारत-केरिकम शिखर सम्मेलन (19-21 नोभेम्बर) मा एक समारहोमा दिइनेछ। डोमिनिकाका राष्ट्रपति सिल्वेनी बर्टनले यो पुरस्कार प्रदान गर्नेछिन्।

डोमिनिकाको प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी एक प्रेस विज्ञप्ती अनुसार, यो पुरस्कार कोविड-19 महामारीमा डोमिनिकामा प्रधानमन्त्री मोदीको योगदान र भारत र डोमिनिकाबीच साझेदारीलाई मजबुत बनाउनप्रति उनको प्रयासहरूको निम्ति दिइनेछ।

विज्ञप्तीमा भनिएको छ, फरवरी 2021 मा प्रधानमन्त्री नरेन्द्र मोदीले डोमिनिकालाई एस्ट्राजेनेका कोविड-19 भ्याक्सिनको 70,000 खुराक प्रदान गरे। यस उपहारले डोमिनिकालाई आफ्नो केरेबियाई छिमेकीहरूलाई सहायता बढ़ाउनमा सक्षम बनायो। यो पुरस्कार प्रधानमन्त्री मोदीको नेतृत्वमा स्वास्थ्य सेवा, शिक्षा र सूचना प्रौद्योगिकीमा डोमिनिकाको निम्ति भारतको समर्थनको साथै वैश्विक स्तरमा जलवायु लचीलोपना निर्माण पहल र सतत विकासलाई प्रोत्साहन दिनमा उनको भूमिकालाई पनि मान्यता दिँदछ।

प्रधानमन्त्री डा. रूजवेल्ट स्केरिटले भने, यो पुरस्कार डोमिनिका र व्यापक क्षेत्रप्रति प्रधानमन्त्री मोदीको एकजुटताप्रति डोमिनिकाको कृतज्ञताको अभिव्यक्ति हो। प्रधानमन्त्री मोदी डोमिनिकाको निम्ति एक साँचो साथी रहेका छन्, खासगरी वैश्विक स्वास्थ्य संकटबीच हामीलाई खाँचो परेको समयमा। उनको समर्थनको निम्ति हाम्रो कृतज्ञताको प्रतीकको रूपमा र हाम्रो देशहरूबीच बलियो सम्बन्धहरूको प्रतिबिम्बको रूपमा उनलाई डोमिनिकाको सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गनु सम्मानको कुरा हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande