नयाँ दिल्ली, 13 नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले बुधवार सिलवासामा स्वामी विवेकानन्द विद्या मन्दिर, झण्डा चौकको लोकार्पण गरिन् औं एक सार्वजनिक समारोहलाई सम्बोधित गरिन्। यस अवरसरमा ऱाष्ट्रपतिले भनिन्, स्वामी विवेकानन्द विद्या मन्दिरको लोकार्पण गरी उनलाई अत्यन्त खुशी लागिरहेको छ। यूटी प्रशासनले उच्च शिक्षालाई प्रोत्साहन दिनुको निम्ति धेरै प्रय़ास गरेको छ। छात्रहरूलाई गुणवत्तापूर्ण तकनीकी शिक्षा प्रदान गर्न 2018 मा सरकारी इन्जीनियरिङ कलेजको शुरूआत गरियो र 2022 मा निफ्टको स्थापना गरियो। यस प्रय़ासले यूटीका युवाहरूका लागि एक शानदार अवसर प्रदान गर्नेछ भनेर उनले आशा व्यक्त गरिन्।
राष्ट्रपतिले भनेकी छन्, यस क्षेत्रमा धेरै समृद्ध एतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहर छ। यसैले गर्दा यो संघ राज्य क्षेत्र एक राम्रो पर्यटन स्थल हो। पर्य़टनलाई प्रोत्साहन दिनका लागि सरकारद्वारा उठाइएका कदमहरूको उनले सराहना गरिन्। उनले भनेकी छन्, पर्यटनमा विस्तारले रोजगारका नयाँ सम्भावनाहरू जागेको छ। अलग-अलग क्षेत्रहरूका मानिसहरूसित भेट्दा हामीलाई अझ् उदार तथा संवेदनशील बनाउँछ। दादरा एवं नगर हवेली तथा दमन एवं दीवका मानिसहरूले जुन सौहार्दको साथ मेरो स्वागत गरेका छन्, मेरो यादहरूमा यो सदैव अंकित रहनेछ।
यस केन्द्र शासित प्रदेशवासीहरूलाई उनको सौहार्दपूर्ण स्वागत गरेकोमा उनले धन्यवाद टक्राइन्।
हिन्दुस्थान समाचार / भवानी थामी