इतिहासको पानामा 14 नोभेम्बर- भारतीय टीमका प्रथम टेस्ट कप्तान सीके नायडूको निधन
सीके


नयाँ दिल्ली, 13 नोभेम्बर (हि.स.)। कोट्टारी कंकैया नायडू भारतको क्रिकेट टीमको प्रथम टेस्ट कप्तान थिए। कोट्टारी कंकैया नायडूलाई प्रेमले सीके नायडू भनेर बोलाइन्थ्यो। 13 अक्टोबर 1895 मा नागपुरमा जन्मेका नायडूको 14 नोभेम्बर 1967 मा इन्दौरमा निधन भयो। खास कुरा के छ भने उनले 37 को आयुमा टेस्ट म्याच खेल्नु शुरू गरेका थिए र लामो समयसम्म क्रिकेट खेलिरहे। महाराजा होलकरले उनको शारीरिक मजबुती देखेर आफ्नो सेनामा क्याप्टन बनाए, जसपछि उनी कर्नल सीके नायडू भनिए।

भारतको प्रथम टेस्ट म्याचमा उनी भारतीय टीमको कप्तान थिए। यो म्याच 1932 मा इङ्गल्याण्ड विरूद्ध खेलिएको थियो। इङ्गल्याण्डको मजबुत टीम सामू सीके नायडूको नेतृत्वमा भारतीय टीमले शानदार म्याच खेल्यो। 1933 मा उनलाई विजडनद्वारा 'क्रिकेटर अफ द ईयर' चुनिएको थियो। कुनै एक सीजनमा कुनै विदेशी खेलाड़ीद्वारा इङ्ग्ल्याण्ड सर्वाधिक छक्का लगाउने रेकर्ड उनको नाममा छ। 1932 मा सीके नायडूले शानदार खेल देखाउँदै 32 छक्का जडेका थिए। उनको अन्तरराष्ट्रिय करियर धेरै छोटो रह्यो। उनले केवल 7 टेस्ट म्याच खेले। उनको उपलब्धीको निम्ति उनलाई भारत सरकारद्वारा 1956 मा 'पद्मभूषण' प्रदान गरिएको थियो, जुन भारतको तेस्रो ठूलो राष्ट्रिय पुरस्कार हो।

अन्य अहम घटनाहरुः

1681- ईस्ट इण्डिया कम्पनीले बंगालको छुट्टै रियासत बनाउने घोषणा गऱ्यो। 1922- ब्रिटिश ब्रडकास्टिङ कोर्पोरेशन (बीबीसी) ले ब्रिटेनमा रेडियो सेवा शुरू गऱ्यो। बीबीसी ब्रिटेनमा रेडियो प्रसारण गर्ने पहिलो संस्था बन्यो।

1973- ब्रिटेनकी राजकुमारी ऐनले आम नागरिकसित बिहे गरिन्। यस अगाड़ी राजघरानामा यसो कहिलेपनि भएको थिएन।

1999- अन्तरराष्ट्रिय आतङ्कवादी ओसामा बिन लादेनलाई अमेरिका वा कुनै तेस्रो देशलाई नसुम्पेको कारण तालिबानमाथि प्रतिबन्ध लागू।

2002- चीनका राष्ट्रपति जियाङ जेमिनले आफ्नो पदबाट राजीनामा दिए।

2006- भारत तथा पाकिस्तानका विदेश सचिवहरूले नयाँ दिल्लीमा एन्टी-टेरेरिज्म मेकेनिज्म बनाउनमा सहमति व्यक्त गरे।

2007- डेनमार्कका प्रधानमन्त्री आन्द्रे फ़ाग रासमुस्सेनले लगातार तेस्रो पल्ट देशको कार्यभार सम्हाले।

2008- पूर्व केन्द्रिय मन्त्री एवं तृणमूल कांग्रेस नेता अजीत पांजाको निधन।

2009- मन्डोर सुपरफास्ट एक्सप्रेस ट्रेनका 15 डब्बा जयपुरको बांसखो फाटक नजिक पटरीबाट तल झऱ्यो। यस दुर्घटनामा 6 यात्रीको मृत्यु भयो।

जन्म

1993- विकास ठाकुर- पञ्जाबका भारतीय भारोत्तोलक (वेटलिफ़्टर) हुन्।

1992- अमिया कुमार मलिक- भारतीय धावक हुन्।

1948- सिन्धुताई सपकाल- अनाथ नानीहरूका लागि काम गर्ने मराठी सामाजिक कार्यकर्ता थिइन्।

1946- पुखराज बफाना- भारतीय डाक्टर जो बाल रोग विशेषज्ञ एवंर किशोर स्वास्थ्य सल्लाहकार हुन्।

1942- इन्दिरा गोस्वामी- असमिया साहित्यकी सशक्त हस्ताक्षर थिइन्।

1926- पीलू मोदी- स्वतन्त्र पार्टीका प्रमुख नेता एवं भारतमा उदारवादी एवं मुक्त आर्थिक नीतिहरूका समर्थक थिए।

1922- बुतरस घाली- संयुक्त राष्ट्र संघका छैठौं महासचिव थिए।

1889- जवाहरलाल नेहरू- भारतका प्रथम प्रधानमन्त्री।

निधन

2021- सत्यव्रत शास्त्री- संस्कृत भाषाका विद्वान एवं महत्वपूर्ण मनीषी रचनाकार।

2013- हरिकृष्ण देवसरे- प्रसिद्ध बाल साहित्यकार एवं सम्पादक।

2011- शरद कुमार दीक्षित- भारतीय मूलका अमेरिकी प्लास्टिक सर्जन थिए।

2010- लक्ष्मीचन्द जैन- भारतका प्रसिद्ध अर्थशास्त्री थिए।

1977- भक्ति वेदान्त स्वामी प्रभुपाद- प्रसिद्ध गौड़ीय वैष्णव गुरु तथा धर्मप्रचारक थिए।

1967- सीके नायडू- भारतको क्रिकेट टीमका प्रथम टेस्ट कप्तान।

महत्त्वपूर्ण अवसर एवं उत्सव

बाल दिवस

राष्ट्रिय पुस्तक दिवस (सप्ताह)

विश्व मधुमेह दिवस

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande