भाजपाले कांग्रेमाथि लगायो चुनाउ आय़ोगका नियमहरूको उल्लङ्घनको आरोप
भाजपाले कांग्रेमाथि लगायो चुनाउ आय़ोगका नियमहरूको उल्लङ्घनको आरोप


नयाँ दिल्ली, 13 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले कांग्रेसमाथि चुनाउ आयोगका नियमहरूको उल्लङ्घन गरेको आरोप लगाएको छ।

बुधवार भाजपा नेता सम्बित पात्राले यहाँ पार्टी मुख्यालयमा आय़ोजित प्रेस वार्तामा भने, आज झारखण्डमा चुनाउ भइरहेको छ। चुनाउ हुनु 48 घण्टा अगाड़ी चुनाउ प्रचार बन्द हुन्छ। संविधान र चुनाउ नियमहरू अनुसार, मतदान हुनु 48 घण्टा अगाड़ीको अवधिलाई 'साइलेन्ट पीरियड' को रूपमा मनाइन्छ। यस अवधि कुनैपनि राजनीतिक दलले प्रचार गर्नसक्दैन, आफ्नो घोषणा पत्र जारी गर्न सक्दैन। कांग्रेस पार्टी जुन एक राष्ट्रिय पार्टी हो, उसले यो कुरा थाहा हुँदैपनि मंगलवार आफ्नो घोषणा पत्र जारी गरेको छ। कांग्रेस पार्टीले यसो गरेको पहिलो अवसर होइन। संविधानको कपी लिएर घुम्ने कांग्रेस पार्टीका नेता राहुल गान्धीले पनि चुनाउ आयोगलाई गम्भीरताले लिँदैनन्। उनले यस घटनामा चुनाउ आयोगसित कारबाही गर्ने माग गरेका छन्।

राष्ट्रिय प्रवक्ता सम्बित पात्राले भऩे, प्रियंका वाड्राद्वारा केरलमा जमात-ए-इस्लामीको समर्थन मागिन्दैछ र जमात-ए-इस्लामीको चरित्र कसैबाट लुकेको छैन। कांग्रेसले धोका दिने प्रयास गरिरहेको छ, यो स्वाभाविक हो। यसैगरी झारखण्डमा झामुमोले पनि कांग्रेसको समर्थनले यस्तो काम गर्ने प्रय़ास गरिरहेको छ। कांग्रेस पार्टीलाई हामी स्पष्ट गर्न चाहन्छौं, यो षड़यन्त्र सफल हुनेछैन। हामीले चुनाउ आय़ोगसित अगावै शिकायत गरिसकेका छौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande