नयाँ दिल्ली, 12 नोभेम्बर (हि.स.)। उत्तराखण्डको गढ़वालबाट भाजपा सांसद अनिल बलूनीको नयाँ दिल्ली स्थित आवासमा इगास बग्वाल उत्सव धूमधामले मनाइयो। यसमा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनखड़, रक्षा मन्त्री राजनाथ सिंह, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, योगगुरु स्वामी रामदेव, आध्यात्मिक गुरु एवं कथावाचक धीरेन्द्र कृष्ण शास्त्री समेत अनेक सामेल भए। यस अवसरमा प्रधानमन्त्री मोदीले उत्तराखण्डको पारम्परिक टोपी लगाएका थिए। उनले तुलसीको बिरूवाको पूजा गरे औं उत्तराखण्डको लोक संस्कृतिप्रति आफ्नो आदर प्रकट गरे।
प्रधानमन्त्री मोदीले सोशल मीडिया प्लेटफार्म एक्समा कार्य़क्रमको फोटोहरू साझा गर्दै क्रमवार पोस्ट गरेका छन्, उत्तराखण्डका मेरा परिवारजनहरू सहित सबै देशवासीहरूलाई इगास पर्वको धेरै-धेरै बधाई। दिल्लीमा आज मलाईपनि उत्तराखण्डबाट लोकसभा सांसद अनिल बलूनीको आवासमा यो पर्वमा सामेल हुने सौभाग्य प्राप्त भयो। यस पर्वले हरेकको जीवनमा सुख-समृद्धि र खुशियाली ल्याओस्, यही कामना छ।
उनले भनेका छन्, हामी विकास र विरासतलाई एकसाथ लिएर अगाड़ी बढ्नको निम्ति प्रतिबद्ध छौं। लगभग लुप्तप्राय भइसकेको लोक संस्कृतिसित जोड़िएको इगास पर्व, एक पल्ट फेरि उत्तराखण्डका मेरा परिवारजनहरूको आस्थाको केन्द्र बनिरहेको छ, यसलाई लिएर म सन्तुष्ट छु। उत्तराखण्डका मेरा भाई-बहिनीले इगासको परम्परालाई जुन प्रकारले जीवन्त गरेका छन्, त्यो धेरै उत्साहित छ। देशभरिमा यस पावन पर्वलाई जुन व्यापक स्तरमा मनाइँदैछ, त्यो यसको प्रत्यक्ष प्रमाण हो। मलाई विश्वास छ, देवभूमिको यो विरासत अझ् फ्रस्टाउनेछ।
ज्ञात होस्, दिवालीको 11 दिनपछि उत्तराखण्डमा इगास बग्वाललाई बड़ो धूमधाम र उल्लासको साथ मनाइन्छ। यसलाई बूढ़ी दिवाली पनि भनिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी