धर्मेन्द्र प्रधानले उच्च एवं तकनीकी शिक्षामाथि राष्ट्रिय कार्यशालाको उद्घाटन गरे
प्रधान


नयाँ दिल्ली, 12 नोभेम्बर (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले मंगलवार नयाँ दिल्लीमा राज्यहरू र केन्द्र शासित प्रदेशहरूका सचिवहरूको साथ उच्च एवं तकनीकी शिक्षामाथि दुई दिवसीय राष्ट्रिय कार्यशालाको उद्घाटन गरे। प्रधानले अकादमिक नेताहरू र प्रशासकहरूलाई ध्यान केन्द्रित गर्नको निम्ति पाँच प्रमुख क्षेत्रहरूको सुझाउ दिए। यसमा वित्त पोषणको अभिनव तरीकाहरूको माध्यमले सार्वजनिक विश्वविद्यालयहरूलाई मजबुत बनाउनु, उद्योगको माग अनुसार र राज्यहरू एवं संघ शासित प्रदेशहरूको आवश्यकताहरू र आकांक्षाहरू अनुसार पाठ्यक्रमलाई संरेखित गर्नु र तयार गर्नका लागि थिङ्क ट्याङ्क स्थापित गर्नु सामेल छ।

वैश्विक समस्याहरूलाई समाधान गर्नमा नेतृत्व सम्हाल्नको निम्ति अनुसन्धान र नवाचारको निम्ति एक बहु-विषयक दृष्टिकोण अपनाउनुपर्नेछ। प्रतिष्ठित केन्द्रिय र राज्य संस्थानहरूको साथ सहयोगको माध्यमले प्रत्येक राज्य र संघ शासित प्रदेशमा अकादमिक नेतृत्व विकास कार्यक्रमहरूलाई प्रोत्साहन दिनु र खेल, वाद-विवाद, कविता, नाटक, प्रदर्शन कलाको माध्यमले परिसर जीवनको जीवन्ततालाई पुनर्जीवित गर्नु र यी गैर-शैक्षणिक क्षएत्रहरूलाई प्राथमिकता दिनु सामेल छ।

यस अवसरमा प्रधानले भऩेका छऩ्, कार्यशालाले कठोर अकादमिक विचार-विमर्शको निम्ति एक मंचको रूपमा काम गर्नेछ। विशेष रूपमा कसरी शिक्षा जीवनलाई सजिलो बनाउने, प्रति व्यक्ति आय बढ़ाउने र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा निर्धारित राष्ट्रिय प्राथमिकताहरूलाई प्राप्त गर्नमा महत्वपूर्ण सुधार ल्याउनसक्छ।

प्रधानले भारतीय भाषाहरूमा शिक्षाको महत्वमाथि पनि जोड दिए। देशका छात्रहरूप्रति जवाबदेहीमाथि जोड दिँदै उनले भऩे, शिक्षाको क्षेत्रमा भारतको वैश्विक नेतृत्व स्थापित गर्नका लागि सबैले मिलेर काम गर्नपर्नेछ। यस अवसरमा शिक्षा एवं पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डा. सुकान्त मजूमदार, उच्च शिक्षा विभागका सचिव के संजय मूर्ति, उच्च शिक्षा विभागका अतिरिक्त सचिव सुनील कुमार बरनवाल, यूजीसीका अध्यक्ष प्रो. एम जगदीश कुमार, उच्च शिक्षा विभागका संयुक्त सचिव मनमोहन कौर, राज्यहरू एवं केन्द्र शासित प्रदेशहरूका सचिव, शिक्षाविद, संस्थानहरूका प्रमुख र मन्त्रालयका अधिकारी पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande