मुम्बई, 12 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टीका शीर्ष नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार चन्द्रपुर जिल्लाको चिमूरमा महाविकास अघाड़ीका नेता भ्रष्टाचारको सबैभन्दा ठूलो खेलाड़ी हो भनेका छऩ्। उनले भऩे, विकासकार्यहरूलाई रोक्नमा यिनीहरूले डबल पीएचडी हासिल गरेका छऩ्, जबकि महाराष्ट्रलाई समृद्ध बनाउनका लागि एनडीए सरकारको माध्यमले धेरै योजनाहरू बनाइएको छ।
प्रधानमन्त्री मोदीले चिमूरमा चुनावी सभालाई सम्बोधित गर्दै महाराष्ट्रमा डबल इन्जिनको एनडीए गठबन्धऩ सरकारले डबल गतिमा काम गर्नेछ भनेका छन्। उनले विश्वास व्यक्त गर्दै भने, भाजपाको संकल्प पत्र महाराष्ट्रको विकासको गारन्टी बन्नेछ। महाराष्ट्रमा विदेशी निवेश बढ़िरहेको छ। राज्यभऱिमा एक दर्जनभन्दा धेरै वन्दे भारत ट्रेनहरू चलिरहेको छ। रेलवे लाइनको विस्तार गरिन्दैछ। हवाई अड्डाको संख्या बढ़ाइँदैछ। एनडीए गठबन्धनले महाराष्ट्रको विकासको निम्ति काम गरिरहेको छ तर महाविकास अघाड़ीका नेताहरूले विकास कार्यहरूमा बाधा उत्पन्न गरिरहेका छन्।
महाविकास अघाड़ीका नेताहरूमाथि हमला गर्दै उनले भऩे, यिनीहरूले मेट्रो, समृद्धि हाईवे, जलयुक्त सीवर आदि विकास कार्यहरूलाई रोके। यिनीहरूको काम कुनैपनि योजनालाई अट्काउनु, थातीमा राख्नु र भट्काउनु हो। महाविकास अघाड़ीसित महाराष्ट्रको विकासको सम्भावना छ। महाराष्ट्रको जनताले अघाड़ीको भ्रष्टाचारको खेलाड़ीहरूलाई लुट्ने लाइसेन्स दिनु हुँदैन। कांग्रेस पार्टीले संधै नै मानिसहरूलाई बाँड्ने काम गरेको छ। यसैले यदि हामी एक रह्यौं भने हामी सुरक्षित रहनेछौं।
हिन्दुस्थान समाचार / भवानी थामी