कांग्रेस मजबुत भए देश हुनेछ असहाय- नरेन्द्र मोदी
कांग्रेस मजबुत भए देश हुनेछ असहाय- नरेन्द्र मोदी


मम्बई, 09 नोभेम्बर (हि.स.)। भाजपाका शीर्ष नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रको अकोला जिल्लामा शनिवार चुनावी जनसभामा कांग्रेस मजबुत भए देश असहाय हुनेछ भनेका छन्। यसका धेरै उदाहरण देशले देखिसकेको छ। यसैले देशलाई मजबुत बनाइ राख्नको निम्ति भाजपा-नीत एनडीएलाई मजबुत बनाउनु जरूरी छ।

प्रधानमन्त्री मोदीले भनेका छन्, देश जति कमजोर हुनेछ, कांग्रेस उतिनै बलियो हुनेछ भनेर कांग्रेसलाई थाहा छ तर जब कांग्रेस मजबुत हुनेछ तब देश असहाय हुनेछ। यसैले गर्दा कांग्रेसले विभिन्न जातिहरूमा विभाजन उत्पन्न गरेको छ। हाम्रो जातिहरू एक हुनुपर्छ, यदि हाम्रा जातिहरू एक भएन र आपस्तमा लँड़िरह्यो भने कांग्रेसले हाम्रो अधिकार खोस्नेछ। यो उसको षड़यन्त्र हो। कांग्रेसले सदैव सविधान निर्माता डा. अम्बेडकरको अपमान गरेको छ। उनलाई चुनाउमा पराजित गरेको थियो। डा. अम्बेडकरलाई भारत रत्न तब दिइय़ो, जब देशमा गठबन्धनको सरकार थियो। कांग्रेसले जम्मू-कश्मीरमा डा. अम्बेडकरको संविधान लागू गरेको थिए। हामीले जम्मू-कश्मीरमा डा. अम्बेडकरको संविधान लागू गरी अनुच्छेद 370 हटायौं।

प्रधानमन्त्री मोदीले भनेका छन्, गत 10 वर्षमा महाराष्ट्रले भाजपालाई पूरा आशीर्वाद दिएको छ। यसको पछाड़ी महाराष्ट्रवासीहरूको देशभक्ति नै मुख्य कारण हो। हाम्रो सरकार केन्द्रमा आएको अहिले 5 महिना नै भएको छ। यी पाँच महिनामा लाखौं करोड़ रूपियाँको प्रोजेक्ट शुरू गरिएको छ। यसमा महाराष्ट्रसित सम्बन्धित भारी संख्यामा बुनियादी ढांचा परियोजनाहरू पनि छन्। गत दुई कार्यकालमा हाम्रो सरकारले गरीबहरूका लागि 4 करोड़ पक्का घर बनाएको छ। अब हामी गरीबहरूका लागि 3 करोड़ नयाँ घर बनाउनु शुरू गरिरहेका छौं। चुनाउको समय 70 वर्षभन्दा माथिका बुजुर्गहरूलाई निःशुल्क उपचारको वाचा गरिएको थियो। हाम्रो सरकारले बुजुर्गहरूको सेवाको निम्ति यो योजना शुरू गरेको छ। 70 वर्षभन्दा अधिक आय़ुका वरिष्ठ नागरिकहरूले वय-वन्दना आयुष्मान कार्ड पाउनु थालेका छऩ्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande