भागलपुर, 09 नोभेम्बर (हि.स.)। जिल्लाको जगदीशपुर थाना क्षेत्रको मोदीपुर गाउँमा एक भीषण घटना घटेको छ। 15 मिनटमा एक-एक गरी तीन जनाको ज्यान गएको छ। तीनै मृतक एकै परिवारका सदस्य हुन्। मर्नेहरूमा पति-पत्नी र साढू सामेल छऩ्।
जानकारी अनुसार, मोदीपुर गाउँमा शौचालमा पाइप लगाउने क्रममा टंकीमा फलामको औजार झऱ्यो। जसलाई निकाल्न टंकीको ढकनी हटाइयो। टंकीभित्र जस्तै पुनीत यादव पस्यो, सास निसासेर उसको मृत्यु भयो। फेरि उसाई बाहिर ननिस्केको देखेपछि पुनीतकी पत्नी पनि टंकीभित्र पसिन्।
जसपछि सास निसासेपछि उसको पनि मृत्यु भयो। त्यसपछि मृतक पुनीतका साढू भित्र पसे, उसको पनि सास निसासेर मृत्यु भयो। घटना भएदेखि परिवार शोकमा डुबेको छ। मर्नेहरूमा पुनीत यादव (35), उसकी पत्नी शाखो देवी (33) र उनका साढ़ू दीनानाथ यादव (45) सामेल छन्।
घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको जगदीशपुर पुलिसले स्थानीय मानिसहरूको मद्दतले तीनै जनाको शवलाई टंकीबाट बाहिर निकाल्यो। मानिसहरूले जबसम्म उनीहरूलाई बाहिर निकाले तबसम्म उनीहरूको मृत्यु भइसकेको थियो। पुलिसले मामिलाको छानबीन गरिरहेको छ। पुलिस शवलाई आफ्नो कब्जामा लिएर अगाड़ीको कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी