अबोधसित अश्लीलता, आरोपी पुलिसको कब्जामा
sexual harrasment


जालौन, 27 सेप्टेम्बर (हि.स.)। जिल्लाको उरई कोतवाली क्षेत्रमा सात वर्षीय अबोध बालिकासित अश्लील व्यवहार गरिएको मामिला अघि आएको छ। घटना त्यसबेला भयो जतिबेला बालिका आफ्नो घर बाहिर खेलिरहेकी थिई। आरोपीले उसलाई फकाई-फुस्लाई आफ्नो घरमा लिएर गयो। परिवारको सिकायतको आधारमा मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरिएको छ।

उरई कोतवाली क्षेत्रमा गए बिहीवार अबेर साँझ एकजना सात वर्षीय अबोध बालिका आफ्ना अन्य मित्रहरूसित घर बाहिर खेलिरहेकी थिई। यसै अवधि एकजना व्यक्तिले उसलाई आफ्नो घरमा लिएर गयो अनि अश्लील घटनालाई परिणाम दियो। बालिकासित खेलिरहेका अन्य बाल-बालिकाहरू चिच्याउँदा वरिपरीका मानिसहरूले थाहा पाएर आरोपीलाई समाते। परिवारको रिपोर्टमा पुलिसले आरोपीविरूद्ध मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरेको छ।

क्षेत्राधिकारी उमेश पाण्डेले बताए, उरई कोतवालीमा एकजना बालिकासित युवकले अश्लील व्यवहार गरेको आरोप लगाइएको छ। पुलिसले आरोपीविरूद्ध सुसंगत धाराहरूमा मुद्दा दर्ता गरी उसलाई पक्राउ गरेको छ। आरोपीलाई न्यायालया पेश गराउँदै कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande