गान्तोक, 04 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजस्थानका राज्यपाल बागाड़े हरिभाऊसॅंग भेट गरे। यस भेटको क्रममा दुई राज्यबीच सांस्कृतिक, सामाजिक, भौगोलिक, पर्यावरण र पर्यटन आदि विषयहरूमाथि गहन चर्चा गरियो। उक्त जानकारी राजभवनले आज प्रेस विज्ञप्तिमा दिएको छ।
विज्ञप्ति अनुसार, यस भेट अवधि दुई राज्यबीच अझ धेरै सहयोग र समन्वयका नयॉं अवसरहरूमाथि पनि विचार-विमर्श गरियो।
हिन्दुस्थान समाचार / बिशाल