गान्तोक, 04 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले शिक्षक दिवस, प्रतिष्ठित शिक्षाविद्, दार्शनिक र विद्वान डा. सर्वपल्ली राधाकृष्णनको जयन्तीको अवसरमा सबैमा, विशेषगरि शिक्षकहरूप्रति हार्दिक बधाई व्यक्त गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा यस दिनले बुद्धि र करुणाको खुशी मनाउॅंदै हाम्रा आदरणीय शिक्षकहरूप्रति उनीहरूले राष्ट्र निर्माणको लागि प्रदान गरेको महान सेवाको लागि सम्मान गर्दछ भनी बताएका छन्। उनले डा. राधाकृष्णनले देखाएको मार्ग र दर्शनलाई अनुसरण गर्दै राष्ट्रको निर्माणमा योगदान दिन आह्वान गरेका छन्।
राज्यपालले यस पवित्र दिनमा हामी सबैले आत्मसात गरेका मूल्यमान्यताहरू र हाम्रो जीवनलाई आकार दिन ठूलो योगदान पुर्याउने हाम्रा आफ्नै शिक्षकहरूबाट प्राप्त गरेका शिक्षाहरूमा विचार गरौं भनेका छन्। यसका साथै उनले शिक्षकहरूका अमूल्य योगदानलाई हामी सबैले स्वीकार गरौं भनी आह्वान पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल