देशभरि आजदेखि 10 दिनसम्म गणेशोत्सव मनाइने, भाजपाले दियो देशवासीहरूलाई गणेश चतुर्थीको बधाई
देशभरि आजदेखि 10 दिनसम्म गणेशोत्सव मनाइने


नयॉं दिल्ली, 07 सेप्टेम्बर (हि.स.)। देशभरि आजदेखि गणेशोत्सव शुरू भइरहेको छ। गणेश चतुर्थीको पावन अवसरमा बिहानदेखि विघ्नहर्ता र प्रथमपूज्य देवताको पूजा-अर्चना शुरू भएको छ।

भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो एक्स ह्यान्डलमा सम्पूर्ण देशवासीहरूलाई श्री गणेश चतुर्थीको पावन पर्वको शुभकामना दिएको छ। यस वर्ष गणेश चतुर्थी सात सेप्टेम्बरमा मनाइॅंदैछ। भगवान गणेश हिन्दू धर्ममा विघ्नहर्ता र प्रथमपूज्य देवताको रूपमा पूजा गरिन्छ। गणेशले अशुभतालाई हटाएर शुभ फल प्रदान गर्छन्। गणेश चतुर्थीदेखि 10 दिवसीय गणेशोत्सव शुरू हुन्छ।

देशका लगभग सबै ठाउॅंमा बिहान भगवान गणेशका मन्दिरहरूमा आरती गरियो। गणपति बप्पा मोरिया...को पवित्र घोषका साथै मुम्बईको प्रसिद्ध सिद्धिविनायक मन्दिरमा पहिलो आरती गरियो। यस अवधि मन्दिरमा धेरै संख्यामा श्रद्धालुहरू उपस्थित थिए।

यस्तै दृश्य लालबागचा राजा मन्दिरमा देखियो। नागपुरको टेकडी गणेश मन्दिरमा भक्ताहरूले पूजा-अर्चना गरे। गुजरातमा अहमदाबादको वस्त्रपुर ना महागणपति मन्दिरमा बिहान आरती गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande