पूर्वी कमानले कोलकातामा हर्षोल्लासले मनायो 77औं सेना दिवस
पूर्वी कमानले कोलकातामा हर्षोल्लासले मनायो 77औं सेना दिवस


कोलकाता, 15 जनवरी (हि.स.)। भारतीय सेनाको पूर्वी कमानले 15 जनवरीमा विजय दुर्ग, कोलकातामा 77औं सेना दिवसलाई देशभक्ति र गर्वको साथ मनायो। यो आयोजन ती बहादुर सैनिकहरूलाई श्रद्धाञ्जलि दिनको निम्ति गरियो, जसले मातृभूमिको रक्षाको निम्ति आफ्नो सर्वस्व बलिदान गरे।

हरेक वर्ष 15 जनवरीमा सेना दिवस पालन गरिन्छ, जसले त्यस एतिहासिक दिनको सम्झना गराउँछ, जब 1949 मा जनरल (पछि फील्ड मार्शल) केएम करियप्पा भारतीय सेनाको पहिलो भारतीय कमान्डर-इन-चीफ बनेका थिए। यस विशेष अवसरमा पूर्वी कमानले जनरल अफिसर कमान्डिङ-इन-चीफ लेफ्टिनेन्ट जनरल रामचन्द्र तिवारी (यूवाईएसएम, एवीएसएम, एसएम) ले विजय स्मारकमा पुष्पचक्र अर्पित गरी वीर शहीदहरूलाई नमन गरे। समारोहमा पूर्वी कमानको 16 यूनिट्सलाई 'चीफ अफ द आर्मी स्टाफ यूनिट सिटेशन' र 45 यूनिट्सलाई 'जीओसी-इन-सी, पूर्वी कमान यूनिट सिटेशन' ले सम्मानित गरियो। यो सम्मान उनीहरूको अनुकरणीय सेवा र समर्पणलाई दर्शाउँछ।

भारतीय सेना विश्वको सबैभन्दा अनुशासित र पेशावर सेनाहरूमध्ये एक मानिन्छ, जसले न केवल सीमाहरूको रक्षा गर्दछ तर प्राकृतिक आपदाहरूमा राहत र बचाउ कार्यहरूमा पनि अग्रणी भूमिका निभाउँदछ। यस गौरवशाली दिनमा सेनाले राष्ट्रको सुरक्षा र नागरिकहरूको रक्षाको आफ्नो संकल्पलाई एक फेरि दोहोरायो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande