अमित शाहले चुनाउपछि जम्मू-कश्मीरको पूर्ण राज्यको दर्जा बहाल गर्ने आश्वासन दिए
केन्द्रिय गृहमन्त्री अमित शाह


जम्मू, 07 सेप्टेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले शनिवार पलौड़ा टापमा जनसभालाई सम्बोधित गर्दै विधानसभा चुनाउपछि जम्मू-कश्मीरको पूर्ण राज्यको दर्जा बहाल गरिने आश्वासन दिएका छन्। उनले भने, मोदी सरकारद्वारा अनुच्छेद 370 लाई निरस्त गरिएपछि राष्ट्रिय ध्वज र संविधान अन्तर्गत यो पहिलो चनाउ हो। भाजपाको पहिलो चुनावी ऱ्याली गणेश चतुर्थीको दिन शुरू भइरहेको छ, यो एक संयोग हो। आगामी चुनाउ ऐतिहासिक चुनाउ हो। देशको आजादीपछि पहिलोपल्ट जम्मू-कश्मीरको मतदाताले तिरंगामुनि आफ्नो भोट हाल्नेछन्।

उनले कांग्रेस-नेशनल कन्फ्रेन्स गठबन्धनमाथि पुरानो व्यवस्थालाई पुनर्जीवित गर्न प्रयास गरिरहेको आरोप लगाए। उनले भने, एनडीए सरकार आतङ्कवाद, स्वायत्तता र गुज्जर, पहाड़ी, बकरवाल र दलितहरू सहित कुनैपनि समुदायसॅंग अन्यायको अनुमति दिनेछैन, जसलाई भाजपा सरकारद्वारा आरक्षण दिइएको थियो। म राहुल गान्धीलाई एउटा कुरा भन्न चाहन्छु, तपाईले चाहे जति पनि कोशिस गर्नुहोस्, हामी गुज्जर, बकरवाल, पहाड़ी र दलितहरूको आरक्षणलाई छून पनि दिनेछैनौं र जबसम्म शान्ति हुनेछैन पाकिस्तानसित कुनै वार्तालाप हुनेछैन।

ऱ्यालीमा अमित शाहले भने, आगामी चुनाउ एक ऐतिहासिक चुनाउ हो। देश आजाद भएदेखि पहिलोपल्ट जम्मू-कश्मीरका मतदाताले दुई झण्डा होइन एक तिरंगामुनि आफ्नो मतदान गर्नेछन्। पहिलोपल्ट दुई संविधान होइन भारतको संविधान (जसलाई बाबा साहेब अम्बेडकरले बनाए) अन्तर्गत मतदान हुन गइऱहेको छ। हामीले घर-घर गएर नेशनल कन्फ्रेन्स र कांग्रेस विभाजनकारी एजेन्डाप्रति मानिसहरूलाई जागरूक गरेका छौं। मैले एक प्रेस वार्ता गरी नेशनल कन्फ्रेन्स र कांग्रेसको विभाजनकारी एन्जेडाहरूलाई उजागर गरेको थिए, तर आज म तपाई सबै सामू आएको छु किनभने म मीडियाभन्दा धेरै विश्वास तपाईमाथि गर्छु। म पनि तपाईहरू मध्ये एक हुँ र म पनि बूथ अध्यक्ष रहिसकेको छु।

उनले भने, अनुच्छेद-370 हटाउँदा 70 वर्षपछि जम्मू कश्मीरका आमा, दिदी-बहिनीले अधिकार पाएका छन्। नेशनल कन्फ्रेन्स र कांग्रेस पार्टीले यो अधिकार खोसेको थियो तर मलाई थाहा छ, तपाईले यो अधिकार खोस्न दिन हुनन्। नेशनल कन्फ्रेन्स र कांग्रेस पार्टीले ढुंगामुड़ा गर्ने र आतङ्वादमा लिप्त मानिसहरूलाई जेलबाट मुक्त गराउन चाहन्छ ताकि जम्मू, पन्छ, राजौरी जस्ता क्षेत्र जहाँ शान्ति छ, त्यहाँ फेरि आतङ्कवाद बढाेस्। के तपाई यी क्षेत्रहरूमा आतङ्कवादलाई फेरि आउन दिन चाहनु हुन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande