पूर्वाञ्चलीहरूको मुद्दामा भाजपाले केजरीवालको घरसम्म मिकाल्यो मार्च, रोक्नको लागि पुलिसले चलायो वाटर क्यानन
पूर्वाञ्चलीहरूको मुद्दामा भाजपाले केजरीवालको घरसम्म मिकाल्यो मार्च, रोक्नको लागि पुलिसले चलायो वाटर क्यानन


नयाँ दिल्ली, 10 जनवरी (हि.स.)। दिल्ली भाजपा पूर्वाञ्चल मोर्चाका कार्यकर्ताहरूले शुक्रवार अशोक रोडदेखि आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक अरविन्द केजरीवालको आवाससम्म पूर्वाञ्चल सम्मान मार्च निकाले। उनीहरूले पूर्वाञ्चलका मानिसहरूविरूद्ध कथित टिप्पणीको विरोध गरे। प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्नका लागि पुलिसले वाटर क्यानन चलायो अनि हिरासतमा लियो। तथापि पछि उनीहरूलाई रिहा गरिदियो।

एनडीएमसी सदस्य दिनेश प्रताप सिंह एवं पूर्वाञ्चल मोर्चा अध्यक्ष सन्तोष ओझाको नेतृत्वमा भएको यस प्रदर्शनमा लक्ष्मीनगरदेखि भाजपा विधायक अभय वर्मा, मीडिया प्रमुख प्रवीण शंकर कपूर, भाजपा नेता सुमित भसिन, पूर्वाञ्चल मोर्चा सह-प्रभारी कौशल मिश्रा एवं मनीष सिंह, महिला मोर्चाकी अध्यक्ष ऋचा पाण्डे मिश्रा, युवा मोर्चाका अध्यक्ष सागर त्यागी, भाजपा कार्यालय मन्त्री बृजेश राय, भाजपा प्रवक्ता शुभेन्दु शेखर अवस्थी, भाजपा नेता यासिर जिलानी, मोर्चा महामन्त्री संजय तिवारी, विपिन बिहारी सिंह लगायत हजारौं पूर्वाञ्चलवासीहरू सामेल भए। प्रदर्शनकारीहरूले माग गरे, केजरीवालले पूर्वाञ्चल समाजप्रति जुन अपशब्द प्रयोग गरेका छन्, त्यसलाई फिर्ता लिँदै सबैसित माफी मागुन्।

प्रदर्शनकारीहरूले 5 फिरोजशाह रोडस्थित केजरीवालको आवास तर्फ बढ़्दै पुलिसद्वारा लगाइएको ब्यारिकेड्सलाई पार गर्ने प्रयास गरे जसपश्चात पुलिसले उनीहरूमाथि वाटर क्यानन चलाएर रोके साथै प्रदर्शनकारीहरूलाई हिरासतमा लिएर मन्दिर मार्ग थानामा ल्यायो। सांसद मनोज तिवारी प्रदर्शनकारीहरूसित भेट गर्न गए अनि त्यहाँ केही समयपछि पुलिसले प्रदर्शनकारीहरूलाई सुझाउ दिएर छोड़िदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande