गुवाहाटी, 10 जनवरी (हि.स.)। कांग्रेसले राज्यभरि धरना प्रदर्शन गरेर असम सरकार र मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमामाथि गम्भीर आरोप लगाएको छ। कांग्रेसले अवैध रेट होल माइनिङ र कोइला सिन्डिकेटलाई मुख्यमन्त्रीले संरक्षण दिइरहेको आरोप लगाएको छ।
गुवाहाटीमा आयोजित मुख्य प्रदर्शनमा असम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष भूपेन बोराले भने, मुख्यमन्त्री डा. सरमाले भ्रष्टाचार विरोधी छवि बनाउने प्रयास गरिरहेका छन्, तर उनकी पत्नी र अन्य नेताहरूमाथि भ्रष्टाचारको गम्भीर आरोप छ। उनले 2026 को चुनाउमा जनताले उनीहरूलाई अचेत गरिदिने दावी गरे।
कांग्रेसको प्रदर्शनमा सयौंको संख्यामा कार्यकर्ताहरूले भाग लिए अनि भाजपा नेताहरू विरुद्ध कडा कारबाहीको माग गरे। महिला कांग्रेस र युवा कांग्रेसका नेताहरूले कोल इण्डियाको कार्यालय घेराउ गरेर सरकार विरुद्ध नारा लगाए। प्रदेश कांग्रेसले यो आन्दोलन 2026 को विधानसभा चुनाउसम्म जारी रहने घोषणा गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल