
खरसाङ, 10 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा र बुथ स्तरीय चुनाउ कमिटी गठन कार्यक्रम जारी छ। यस अन्तर्गत आज महानदीको बुथ नम्बर 264 र सिविटारको बुथ नम्बर 261 मा एक सभा सम्पन्न भयो।
महानदीको बुथ नम्बर 264 मा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रिय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षतामा सभा सम्पन्न भयो। सभालाई महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान पासाङ शेर्पा, सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, नारी शक्ति समष्टि सभापति निरा प्रधान र सभाध्यक्ष शेखरचन्द्र प्रधानले सम्बोधन गरेका थिए। सभामा बुथ नम्बर 264 महानदीलाई लिएर चुनाउ कमिटी गठन गरियो, जसमा मुख्य संयोजक निरा प्रधानलाई चयन गरिएको छ।
अर्को सभा सिविटारको बुथ नम्बर 261 मा सम्पन्न भयो। उक्त सभा बुथ सभापति राजेन प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा सिविटारको बुथ नम्बर 261 अन्तर्गत पर्ने 6 वटा गाउँका प्रतिनिधिहरुलाई लिएर चुनाउ कमिटी गठन गरिएको छ। कमिटीमा मुख्य संयोजकको रूपमा राजेन प्रधानलाई चयन गरियो भने 45 जनाको कमिटी गठन गरिएको छ।
सभामा भागोप्रमो समष्टि कमिटीका पदाधिकारीहरु, पञ्चायत स्तरीय ब्लक कमिटीका पदाधिकारीहरु, बुथ स्तरीय पदाधिकारीहरु लगायत नारी शक्ति, युवा शक्ति, ट्रेड युनियन र विभिन्न भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक