
खरसाङ, 10 मार्च (हि.स.)। खरसाङ महकुमा अस्पतालमा नर्थ बेंगाल मेडिकल कलेज एलुम्नाई एसोसिएशनको आयोजनामा नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम भइरहेको छ। 8 मार्चदेखि 14 मार्चसम्म विश्व ग्लुकोमा सप्ताह चलिरहेको छ भने यसै अवसरमा खरसाङ महकुमा अस्पतालमा निःशुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो।
यस क्रममा खरसाङ महकुमा अस्पतालकी आँखा रोग विशेषज्ञ डा. अनुपमा विश्वासले एउटा भिडियो जारी गर्दै विस्तृत कार्यक्रमबारे जानकारी गराएकी छन्। उनले बताए अनुसार, विश्व ग्लुकोमा सप्ताह 8 मार्चदेखि 14 मार्चसम्म पालन गरिन्छ र यसै अवसरमा खरसाङ महकुमा अस्पतालमा नर्थ बेंगाल मेडिकल कलेज एलुम्नाई एसोसिएशनको आयोजनामा नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम चलिरहेको छ।
उनले 40 वर्षदेखि माथि उमेरकाहरुका लागि नि:शुल्क ग्लुकोमा स्क्रिनिङ र सचेतना शिविरको पनि आयोजना भइरहेको बताएकी छन्। उनले सबैलाई आफ्नो आँखा सुरक्षित र दृष्टिलाई सठीक राख्न आह्वान् गर्दै सबैलाई यस शिविरमा उपस्थित भएर जाँच गराउने आह्वान पनि गरेकी छन्।
हिन्दुस्थान समाचार / हनोक