ईडीले त्रिपुरामा ड्रग व्यापारसित सम्बन्धित ठेगानाहरूमा छापा माऱ्यो
ईडीले त्रिपुरामा ड्रग व्यापारसित सम्बन्धित ठेगानाहरूमा छापा माऱ्यो


अगरतला, 10 जनवरी (हि.स.)। प्रवर्तन निदेशालय (ईडी)-ले शुक्रवार त्रिपुराको पश्चिम, गोमती औ सिपाहीजला जिल्ला अधिनस्थ सात ठाउँ छापा माऱ्यो। यो कारबाही गाँजा तथा याबा ट्याबलेटको व्यापारसित सम्बन्धित वित्तीय अनियमितताहरूको जाँच अन्तर्गत गरिएको हो।

सिपाहीजला जिल्लामेा अपु रञ्जन दास (नर्थ कलमचौरा), बिषु त्रिपुरा (रामपदा पारा) औ तपस देबनाथ (बिशालगढ़)- को घरमा छापा मारियो। पश्चिम जिल्लामा देबब्रत डे (बारदौली बनिक पारा), कामिनी देबबर्मा (नन्दन नगर सरकार पारा) औ लिटन साहा (एस टाउन शिव नगर)- को घरमा खानतलासी गरियो। गोमती जिल्लामा ध्रुव मजुमदारको ससुर अमल बैद्य (गोकुल नगर)- को घरमा छापा मारियो। अमल बैद्य पुलिसका सेवानिवृत्त हेड कन्स्टेबल हुन्।

यस कारबाहीमा ईडीलाई सीआरपीएफका 250जना जवानहरूको सहयोग प्राप्त भएको थियो। प्रारम्भिक जाँचमा व्यापक रूपमा अवैध वित्तीय लेनदेन तथा विदेशी खाताहरूसित सम्बन्धित संदिग्ध गतिविधिहरूको प्रमाण प्राप्त भएको छ। जफ्त गरिएका सामान तथा दस्तावेजहरूको विवरण अहिले स्पष्ट भएको छैन। ईडीको यो कारबाही जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande