कोलकाता, 10 जनवरी (हि. स.)। मेदिनीपुर मेडिकल कलेजमा चिकित्सामा लापरवाही भएको मामिला सामु आएको छ। एक प्रसुताको शुक्रवार बिहान मृत्यु भयो भने अऩ्य चारजनाको अवस्था गम्भीर छ। यो घटना अपरेशनको माध्यमबाट शिशुहरूको जन्मपछि भएको हो।
के हो मामिला ?बिहीवार पाँचजना प्रसुताहरूको परिवारले अस्पताल प्रशासनमाथि लापरवाही गरेको आरोप लगाउँदै लिखित सिकायत दर्ता गराए। परिवारहरूको भनाइ छ, उनीहरूका पत्नीहरूलाई प्रसव पीड़ापछि भर्ती गरिएको थियो। अपरेशपछि सबै ठीक भएका थिए, तर पछि अचानक उनीहरूको अवस्था बिग्रिन थाल्यो।
पीड़ित परिवारहरूको आरोप छ, गलत स्लाइन चढ़ाएको कारणले उनीहरूका पत्नीहरूको अवस्था खराब भयो। भनिन्छ, स्लाइन चढ़ाएपछि महिलाहरूको 1 2 घण्टासम्म पिसाब रोकियो। स्थिति बिग्रिएपछि उनीहरूलाई आईसीयूमा भर्ती गरियो। शुक्रवार बिहान गरबेटा थाना क्षेत्र निवासी ममता रुईदासको मृत्यु भयो भने अन्य चारजना प्रसुताहरूको उपचार अहिले पनि आईसीयूमै भइरहेको छ।
अस्पतालकी प्रिन्सिपल मौसमी नन्दीले बताइन्, हामीले रोगीहरूलाई हरसम्भव चिकित्सा सुविधा दिरहेका छौं। अस्पतालका सुपर जन्त राउतले चिकित्सामा लापरवाहीका आरोपहरूलाई खारेज गर्दै भने, एकजना प्रसुताको मृत्यु भएको छ। अन्यको उपचार भइरहेको छ। यसलाई लिएर स्वास्थ्य भवनमा रिपोर्ट पठाइनेछ।
जाँच समिति गठित-यस घटनापछि स्वास्थ्य विभागले दश सदस्यीय जाँच समिति गठन गरेको छ। समितिमा स्त्री रोग विशेषज्ञ, हृदय रोग विशेषज्ञ, राज्य ड्रग कन्ट्रोल बोर्डका अधिकारी तथा अन्य विशेषज्ञहरू सामेल छन्। समितिले शनिवार अस्पतालको दौड़ाह गरेर घटनाको जाँच गर्नेछ।
प्रशासनिक हस्तक्षेप-यस घटनापछि जिल्ला परिषदकी सभापति प्रतिभा माईती तथा मेदिनीपुरका विधायक सुजय हाजरा अस्पताल पुगे। स्थानीय प्रशासन अनि स्वास्थ्य विभागले स्थितिलाई गम्भीर रूपमा लिँदै तत्काल कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा