लिङ्मो कोलथाङको श्रीश्री शिवालय देवी मन्दिरमा महापुराणको निम्ति अन्तिम समन्वय बैठक सम्पन्न 
लिङ्मो कोलथाङको श्रीश्री शिवालय देवी मन्दिरमा महापुराणको निम्ति अन्तिम समन्वय बैठक सम्पन्न 


लिङ्मो, 10 जनवरी (हि.स.)। लिङ्मो कोलथाङको श्रीश्री शिवालय देवी मन्दिरमा महापुराणको अन्तिम समन्वय बैठक सफलतापूर्वक सम्पन्न भयो। बैठकमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, महकुमा अधिकारी याङगाङ, सीईसी उपाध्यक्ष आरके बस्नेत, नाम्ची जिल्लाका पञ्चायत प्रकोष्ठ अध्यक्ष सीएल गुरुङ, साहित्य प्रकोष्ठका महासचिव परशु ढकाल, पार्टी कार्यकर्ता र अन्यको उपस्थिति रहेको थियो। महापुराणको तयारीलाई अन्तिम रूप दिन उपस्थित सदस्यहरूले छलफल र विचार विमर्श गर्दै अनुष्ठानको सफल आयोजनाका लागि जोड दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande