- सनातनको गौरवको महापर्व हो महाकुम्भ: योगी आदित्यनाथ
महाकुम्भनगर, 10 जनवरी (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शुक्रवार महाकुम्भ मेला क्षेत्रमा आकाशवाणीको एफएम रेडियो च्यानलको शुभारम्भ गरे। यस अवसरमा उप मुख्यमन्त्री ब्रजेश पाठक, जल शक्ति मन्त्री स्वतन्त्रदेव सिंह, प्रदेश सरकारका मन्त्री नन्द गोपाल र मुख्य सचिव मनोज कुमार सिंह उपस्थित थिए।
केन्द्रिय सूचना एवं प्रसारण तथा संसदीय कार्य राज्यमन्त्री डा. एल. मुरुगन पनि भर्चुअल माध्यमले कार्यक्रममा सहभागी बने। प्रसार भारतीका चेयरमेन नवनीत सहगलले मुख्यमन्त्रीलाई स्वागत जनाए।
मुख्यमन्त्री योगी आदित्यनाथले भने, 'महाकुम्भ केवल आयोजन होइन, तर सनातनको गौरवको महापर्व हो। जसलाई सनातन धर्मको गौरव र गरिमा हेर्नु छ, वहॉंहरू कुम्भमा आएर अवलोकन गरुन्। यहॉं न पन्थको भेद छ न जातिको भेद छ। न छुवाछूत छ न लिंगको भेद छ, सबै पन्थ र सम्प्रदाय एकसाथ संगम तटमा स्नान गर्छन्। सबै जना एकसाथ मिलेर आस्थाको डुब्की लगाएर प्रयागराजबाट आध्यात्मिक सन्देश संसारभरि लिएर जान्छन्।'
मुख्यमन्त्रीले भने, 'जब हामी सनातनको गौरवलाई इमानदारीपूर्वक अगाडि बढाउॅंछौं तब जन साधारण प्रसार भारतीसॅंग जोडिने छन्। लोक परम्परा र लोक संस्कृतिलाई जन साधारणसम्म पुऱ्याउन हामीसॅंग सबैभन्दा पहिला कुनै माध्यम थियो भने त्यो आकाशवाणी थियो। आकाशवाणीको माध्यमले प्रसारित हुने रामचरितमानसका पंक्तिहरू मानिसहरूले ध्यानपूर्वक सुन्ने गर्थे।'
हिन्दुस्थान समाचार / भवानी थामी