पौष पूर्णिमा स्नानको साथमा शुरू भयो धर्म र आध्यात्मको महाकुम्भ
पौष पूर्णिमा स्नानको साथमा शुरू भयो धर्म र आध्यात्मको महाकुम्भ


महाकुम्भ नगर, 13 जनवरी (हि.स.)। पौष पूर्णिमामा रातिदेखि छाएको बाक्लो कुहिरोबीच संगम र महाकुम्भ मेलाको सम्पूर्ण क्षेत्र स्नाना​र्थीहरूले भरियो। हर हर गंगेको घोषको साथमा स्नान गर्ने मानिसहरूको उत्साह देखियो र ब्रह्म मु​हूर्तमा स्नानार्थीहरूले गंगा, यमुना र अदृश्य सरस्वतीको पावन संगमको जलमा स्नान शुरू गरे।

पौष पूर्णिमामा स्नानको साथमा महाकुम्भको शुभारम्भ भयो। लाखौं संख्यामा श्रद्धालुहरूले संगममा स्नान गरिरहेका छन्। दिनभरि नै संगम तटका भिन्न-भिन्नै घाटहरूमा स्नान चल्नेछ। पौष पूर्णिमा पर्वमा 1 करोड़भन्दा धेरै श्रद्धालुहरूले स्नान गर्ने अनुमान छ।

महाकुम्भअघि स्नान पर्व पौष पूर्णिमाभन्दा एक दिनअघि नै धेरै संख्यामा श्रद्धालुहरूले संगम स्नान गरेर पुण्य लाभ अर्जित गरे। आइतवार लगभग 50 लाख श्रद्धालुहरूले संगम त्रिवेणीमा आस्थाको डुबकी लगाए। यसपाली महाकुम्भमा 45 करोड़भन्दा धेरै श्रद्धालुले संगममा स्नान गर्ने अनुमान लगाइएको छ।

घाटहरूमा सुरक्षाको कडा व्यवस्थाजल पुलिस र एनडीआरएफ तैनात गरिएको छ। स्नान घाटहरूमा गंगा र यमुनाको जलधारामा डीप वाटर ब्यारिकेडिङ पनि गरिएको छ। गंगा र यमुनाको तटमा कुल 12 किलोमिटरमा स्नान घाट बनाइएका छन्। पौष पूर्णिमा स्नान पर्वदेखि नै महाकुम्भमा पवित्र कल्पवासको शुरुवात हुनेछ। 14 जनवरीमा मकर संक्रान्तिमा सबै 13 अखाड़ाका सन्तहरूले स्नान गर्नेछन्।

महाकुम्भको पवित्र स्नान 13 जनवरी (सोमवार)- स्नान, पौष पूर्णिमा 14 जनवरी (मंगलवार)- अमृत स्नान (शाही स्नान), मकर सक्रान्ति 29 जनवरी (बुधवार)- अमृत स्नान (शाही स्नान), मौनी अमावस्या 3 फरवरी (सोमवार)- अमृत स्नान (शाही स्नान), बसन्त पञ्चमी 12 फरवरी (बुधवार)- स्नान, माघी पूर्णिमा 26 फरवरी (बुधवार)- स्नान, महाशिवरात्रि

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande