पूर्व सीजेआई चन्द्रचूड़ले पत्नीको साथ भोट हाले, ईवीएमको गरे समर्थन
सीजेआई


नयाँ दिल्ली, 05 फरवरी (हि.स.)। देशका पूर्व मुख्य न्यायाधीश डीवाई चन्द्रचूड़ले पत्नी कल्पना दासको साथ दिल्ली विधानसभा चुनाउको निम्ति तीन मूर्ति नजिक लायन्स विद्या मन्दिर माध्यमिक विद्याय स्थित मतदान केन्द्रमा भोट हाले। भोट हालेपछि पूर्व सीजेआई चन्द्रचूड़ले पत्रकाहरूसित कुराकानीमा भने, सुप्रीम कोर्टले बारम्बार हाम्रो इलेक्ट्रोनिक भोटिङ मशीन (ईवीएम) को वैधतालाई कायम राखेको छ।

पूर्व सीजेआईले भने, मलाई लाग्छ, हाम्रो लोकतन्त्र असाधारण रूपमा परिपक्व छ र मानिसहरू आफ्नो दायित्वहरूसित अवगत छन्। मानिसहरूलाई थाहा छ, उनीहरूलाई कुन प्रकारले आफ्नो भोट हाल्नुछ। सुप्रीम कोर्टले बारम्बार हाम्रो ईवीएमको वैधतालाई कायम राखेको छ। सुप्रीम कोर्ट संवैधानिक क्षेत्रमा निर्णय लिने अन्तिम आवाज हो, जसले ईवीएमको वैधताको पुष्टि गरेको छ र मलाई लाग्छ, हामीले यसलाई स्वीकार गर्नुपर्छ, यो सुप्रीम कोर्टको फसेला हो।

पूर्व सीजेआईले भने, युवा मतदाताहरूका लागि मेरो सन्देश छ कि उनीहरूले आफ्नो मताधिकारको प्रयोग गरून्। यो हरेक नागरिकको जीवनमा एक असाधारण महत्वपूर्ण घटना हो। हाम्रो संविधान ती केही संविधानहरूमध्ये एक हो, जसले मतदानको आय़ु प्राप्त गर्ने प्रत्येक नागरिकलाई आफ्नो जन्मको समय नै मतदानको अधिकार दियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande