पटना, 05 फरवरी (हि.स.)। लोकसभामा नेता प्रतिपक्ष एवं कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले बिहारमा भएको जाति जनगणनामाथि पनि प्रश्न खड़ा गरे। उनले भनेका छऩ्, बिहारको जाति गणना नहेर्नुहोस्, यदि जातिय भागीदारको सत्य जान्नुछ भने तेलंगानामा भएको जाति गणना हेर्नुहोस्। उनले देश स्तरमा तेलंगाना मोडललाई अपनाउने वकालत गरे। उनले भने, देश स्तरमा जाति जनगणना गराउने आवश्यकता छ। उनले बुधवार पटनामा आयोजित स्वतन्त्रता सेनानी जगलाल चौधरीको 130औं जयन्ती समारोहलाई सम्बोधित गरिरहेका थिए।
राहुल गान्धीले केन्द्र सरकारलाई लक्षित गर्दै भनेका छन्, भारतको पावर स्ट्रक्चर जस्तै शिक्षा, स्वास्थ्य, कोरपोरेट वा ज्यूडिशरीमा दलित वर्गको कति भागीदारी छ? भाजपाले रिप्रेजेन्टेशनको कुरा गर्छ तर भागीदारी बिना रिप्रेजेन्टेशनको कुनै अर्थ हुँदैन। मोदी सरकारमा यही भइऱहेको छ, तपाईले मानिसहरूलाई मन्त्री बनाउँछन् तर ओएसडी त यिनीहरूकै विचारधाराबाट आउँछ। हामीले अम्बेडकर र जगलाल चौधरीको विचार र सिद्धान्तहरूको कुरा गर्छौं। तर प्रश्न उठ्छ कि अम्बेडकर र जगलाल चौधरीको जुन विचार थियो, त्यो कहाँबाट आउँथ्यो ? सत्य यही हो कि दलितहरूको मनमा जुन दुःख र पीड़ा थियो, अम्बेडकर र जगलाल चौधरीले त्यो आवाज उठाएका थिए।
उनले भने, देशका 200 ठूला कम्पनीहरूमा एक पनि दलित, ओबीसी, आदिवासी छैन। 90 जनाले हिन्दुस्तानको बजेट निर्धारित गर्छन्। यिनीहरूमा केवल तीन दलित छन्। जुन तीन अफिसर छन्, उनीहरूलाई सानो-सानो विभाग दिइएको छ। यदि सरकारले 100 रूपियाँ खर्चा गर्छ भने त्यसमा एक रूपियाँ निर्णय़ नै दलित अफिसरले लिन्छन्। यसैगरी 50 प्रतिशत जनसंख्या पछौटे वर्गको छ। त्यस वर्गबाट पनि केवल तीन अफिसर छन्। दलित, आदिवासी र पछौटे वर्गको भागीदारी 100 रूपियाँमा केवल छह प्रतिशत बराबर छ। जनसंख्या अनुरूप सबै सेक्टरहरूमा प्रतिनिधित्वको निम्ति सबैभन्दा जरूरी छ कि जाति गणना गराइय़ोस्। हाम्रो उद्देश्य, लीडरशिपको लेवलमा दलित, आदिवासी र पछौटेलाई हेर्नु हो।
उल्लेख्य, राहुल गान्धीको यो बयान बिहारमा कांग्रेसको साझेदार राजदको निम्ति तनाव बढ़ाउने हो। लालू यादव र तेजस्वी यादवले प्रायः बिहारमा भएको जाति गणनालाई आफ्नो ठूलो उपलब्धी बताउँछन्। तर अब राहुलले यसमा औंला उठाउँदा राजदका दाबीहरूलाई नै प्रश्नको घेरामा खड़ा गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी