शिवराज सिंह चौहानले वाटरशेड यात्राको गरे शुभारम्भ
शिवराज सिंह चौहानले वाटरशेड यात्राको गरे शुभारम्भ


नयाँ दिल्ली, 05 फरवरी (हि.स.)। केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले बुधवार भीडियो कन्फ्रेन्सिङको माध्यमले जल लाए धन-धान्य थीममाथि आधारित वाटरशेड यात्राको शुभारम्भ गरे। अभियान अन्तर्गत 805 परियोजनामा लगभग 60-90 दिनसम्म वाटरशेड यात्रा भ्यान चल्नेछ, जुन 26 राज्यहरू र 2 केन्द्रशासित प्रदेशहरूमा 6,673 ग्राम पञ्चायतहरूका 13,587 गाउँहरूसम्म जानेछ। वाटरशेड यात्रामा 1,509 ग्राम सभाहरू आयोजित गरिनेछ र 1,640 प्रभात फेरी पनि आय़ोजित गरिनेछ। साथै 2,043 स्थानमा भूमिपूजन र 1,999 कार्यहरूको लोकार्पण गरिनेछ। यसका सथै 1,196 स्थानमा श्रमदान र 557 स्थानमा बागवानी वृक्षारोपण गरिनेछ।

वाटरशेड यात्रालाई लिएऱ चौहानले भने, जल हाम्रो जीवनको आधार हो, जल नै जीवन हो। हामी माटोबाट जन्मियौं र माटोमै मिसिन्छौं। माटो हाम्रो अस्तित्व हो, हाम्रो आधार हो। प्रधानमन्त्री नरेन्द्र मोदीको विजनरी सोचको कारण भारत सरकारको ग्रामीण विकास मन्त्रालयको भूमि संसाधान विभागले माटो र जल संरक्षणको निम्ति पीएम कृषि सिंचाई योजना अन्तर्गत वाटरशेड विकास घटकको योजनालाई क्रियान्वित गरिरहेको छ। यस वाटरशेड अन्तर्गत चेक डेम, बोरी बन्धान, मेढ़ बन्धान, खेत तलाउ जस्ता धेरै संरचनाहरू बनाइनेछ। यी संरचनाहरूले पानी पनि बचाउनेछ र माटोको क्षरणलाई पनि रोक्नेछ, सतहमा भएको जल पनि बगेर जानेछैन र भूजल स्तरपनि बढ्नेछ। भरेको सतहको जलले वरिपरिका ठूला क्षेत्रमा भूजल स्तरलाई बढ़ाउनेछ। माटोमा आर्द्रता बन्नेछ, माटोको जल धारण क्षमता बढ्नेछ। हामी यस योजनासित जोड़िनु जरूरी छ, सरकारले यो काम एक्लो गर्नसक्दैन, सरकारको साथ समाजको सहयोग पनि उतिकै जरूरी छ। हरेक गाउँलाई, किसानलाई, पञ्चायत, जनप्रतिनिधि, आमा, बहिनी, सेल्फ हेल्प ग्रुप्सलाई जोड्नुछ। यसको निम्ति हामीले वाटरशेड यात्रा निकाल्ने संकल्प लिएका छौं। यो केवल यात्रा नभएर धरतीलाई बचाउने यात्रा हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande