देशभरिका विभिन्न एम्समा रिक्त पद प्राथमिकताको आधारमा भरियोस्- जयराम रमेश
जयराम


नयाँ दिल्ली, 05 फरवरी (हि.स.)। कांग्रेस महासचिव (संचार) एवं राज्यसभा सदस्य जयराम रमेशले देशको अखिल भारतीय आयुर्विज्ञान संस्थानहरू (एम्स) मा भारी संख्यामा रिक्त पदहरूलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। यसका साथै केन्द्रिय स्वास्थ्य मन्त्रीसित मानकहरू अनुसार यी रिक्त पदहरूलाई प्राथमिकताको आधारमा भरिने माग गरेका छऩ्।

कांग्रेस नेता जयराम रमेशले बुधवार यहाँ एक वक्तव्यमा भने, मंगलवार राज्यसभामा स्वास्थ्य एवं परिवार कल्याण मन्त्रीले एक प्रश्नको जवाफमा देशमा पूर्ण रूपमा कार्य़रत सात एम्स संस्थाहनरूसित सम्बन्धित जुन आंकड़ाहरू प्रस्तुत गरे, त्यो अत्यन्तै चिन्ताजनक हो। यस अनुसार, एम्स दिल्लीमा 34 प्रतिशत, एम्स भोपालमा 24 प्रतिशत, एम्स भुवनेश्वरमा 25 प्रतिशत, एम्स जोधपुरमा 28 प्रतिशत, एम्स रायपुरमा 38 प्रतिशत, एम्स पटनामा 27 प्रतिशत र एम्स ऋषिकेशमा 39 प्रतिशत संकायको पद खाली छ।

यस बाहेक 12 शहरमा एम्स जस्ता संस्थाहरू आंशिक रूपमा संचालित छन्। यी संस्थानहरूमा पनि फेकल्टीको अत्यन्त कमी छ। मंगलगिरीमा 41 प्रतिशत, नागपुरमा 23 प्रतिशत, कल्याणीमा 39 प्रतिशत, गोरखपुरमा 37 प्रतिशत, बठिन्डामा 33 प्रतिशत, बिलासपुर (हिमाचल प्रदेश) मा 54 प्रतिशत, गुवाहाटीमा 43 प्रतिशत, देवघरमा 34 प्रतिशत, बीबीनगर (तेलंगाना) मा 36 प्रतिशत, राजकोटमा 59.5 प्रतिशत र जम्मूमा 44 प्रतिशत संकाय पद खाली छ।

कांग्रेस नेताले भने, फेकल्टीको गुणवत्तालाई लिएर पनि प्रश्न उठेको छ तर यी पदहरूमा भारी संख्यामा रिक्त पदहरू आफैमा छक्क पार्ने कुरा हो। सबैभन्दा अधिक आश्चर्य़जनक स्थिति देशको सबैभन्दा प्रतिष्ठित एम्स दिल्लीको छ, जसलाई यी संस्थानहरूको जननी मानिन्छ। जयराम रमेशले स्वास्थ्य मन्त्री जेपी नड्डासित मानकहरूलाई कमजोर नगरी यी रिक्त पदहरूलाई प्राथमिकताको आधारमा भर्नुपर्ने माग गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande