कोलकाता, 14 जनवरी (हि.स.)। मकर संक्रान्तिको पावन अवसरमा देश विदेशबाट आएका लाखौं श्रद्धालुहरूले आज गंगा सागरमा आस्थाको डूबकी लगाए। त्रेता युगमा पवित्र सागर तट, जहॉं मॉं गंगाले राजा सगरका साठी हजार पुत्रहरूलाई मोक्ष प्रदान गरेका थिए, मा मोक्षको कामनामा भक्तजन पुण्य स्नानको निम्ति ओर्लिएका छन्।
राजा सगरका पुत्रहरूलाई जुन शुभ मुहूर्तमा गंगाले स्पश गरे, सोही शुभ मुहूर्तमा पुण्य स्नान शुरू हुन्छ। गंगा सागर मेला आठ जनवरीदेखि शुरू भइसकेको छ। यसका समापन 17 जनवरीमा हुनेछ। पुण्य स्नानको शुभ मुहूर्त आज बिहान 6:58 बजीदेखि 15 जनवरी बिहान 6:58 बजीसम्म छ।
पश्चिम बंगाल सरकारले गंगा सागर मेलाको निम्ति विशेष व्यवस्था गरेको छ। सरकारी बस र अन्य सुविधाहरूको व्यवस्था पनि गरिएका छन्। अधिकारीहरू अनुसार, गत वर्ष लगभग 32 लाख श्रद्धालु पुगेका थिए। यसपाली संख्या बढ्न सक्छ।
बांग्लादेशी घुसपैठमाथि नजर
गंगा सागर मेला अवधि बांग्लादेशी घुसपैठीहरूको सम्भावित सक्रियतालाई ध्यानमा राख्दै सुरक्षाको कक्षा व्यवस्था गरिएको छ। खुफिया एजेन्सीहरूले राज्य सरकारलाई सतर्क गराएको छ। दक्षिण 24 परगना जिल्लाको सागर द्वीपमा भीडको फाइदा उठाएर अवैध घुसपैठको सम्भावना व्यक्त गरिएको छ।
यसपाली मकर संक्रान्ति स्नानलाई केवल धार्मिक होइन, तर ऐतिहासिक रूपले पनि विशेष बनेको छ। एकातिर 144 सालपछि प्रयागराजमा पूर्ण महाकुम्भ लागेको छ भने अर्कोतिर गंगा सागरको पुण्य स्नान पनि भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी