महाकुम्भ नगर, 14 जनवरी (हि.स.)। तीर्थराज प्रयागराजमा मुटु कमाउने जाडोबीच आज मकर संक्रान्तिको पावन पर्वमा बिहानैदेखि श्रद्धालुहरूको जनसैलाब ओर्लिएका छन्। अमृत स्नानको निम्ति देश विदेशबाट करोड़ौं मानिसहरू गंगा, यमुना र अदृश्य सरस्वतीको संगम पुगे। पवित्र स्नानको यो दृश्यले भारतीय संस्कृति र परम्पराको गहिराईलाई दर्साइरहेको देखियो। ब्रह्म मुहूर्तमा मानिसहरूले पतित पावनी गंगा र संगम तटमा आस्थाको डूबकी लगाएर सुख, स्वास्थ्य एवं समृद्धिको कामना गरे।
नागा साधुहरूको भव्य शोभायात्रा हेर्न श्रद्धालुहरूको भीडपञ्चायती निर्वाणी अखाड़ाका नागा साधुहरूले भाला, त्रिशूल र तलवारहरूको साथमा आफ्नो शाही स्वरूपमा अमृत स्नान गरे। साधु सन्तहरू घोडा र रथहरूमा सवार भएर शोभायात्रामा सामेल भए, जसकारण सम्पूर्ण क्षेत्रमा भक्ति र आध्यात्मिक उर्जाको सञ्चार भयो। उनीहरूसॅंगै हिडिरहेका भजन मण्डली र श्रद्धालुहरूको जयघोषले वातावरणलाई अझ दिव्य बनाइदिए।
नागवासुकी मन्दिर र संगम क्षेत्रमा बिहानदेखि श्रद्धालुहरूको तॉंती लाग्यो। वृद्ध, महिला एवं युवा, सबै आस्थाले भरिएको संगमतिर अग्रसर बनेको देखियो। स्नानको निम्ति यस्तो श्रद्धा देखियो कि श्रद्धालुहरू रातिदेखि नै गंगाको पवित्र जलमा डुबकी लगाउन शुरू गरे।
कुना-कुनामा सुरक्षाको कड़ा प्रबन्धमहाकुम्भ नगरमा श्रद्धालुहरूको सुरक्षाको निम्ति प्रशासनले कड़ा प्रबन्ध गरेको छ। हरेक मार्गमा ब्यारिकेडिङ लगाएर वाहनहरूको गहन जॉंच गरिॅंदैछ। कुना-कुनामा पुलिस र सुरक्षा बलहरू तैनात गरिएका छन्। डीआईजी कुम्भ मेला वैभव कृष्ण, एसएसपी राजेश द्विवेदी सहित पुलिस टीमले मेला क्षेत्रको मार्च गरे अनि अमृत स्नानको निम्ति अखाड़ा साधुहरूको मार्ग प्रशस्त गरे।
घाटहरूमा हर हर महादेव र जय श्री रामको जयघोष12 किलोमिटर क्षेत्रमा फैलिएको स्नान घाटमा हर हर महादेव र जय श्री रामको जयघोष सुनियो। साधुहरूको अमृत स्नानका साथै आम श्रद्धालुहरूले पनि आफ्नो आस्थाको डुबकी लगाए। संगम छेउछाउ गंगा स्नानको निम्ति श्रद्धालुहरूको भारी भीड लागेको छ। यस अवधि सबैले हर हर महादेव र जय श्री रामको नाराले संगम क्षेत्र गुन्जायमान बन्यो।
हिन्दुस्थान समाचार / भवानी थामी