खरसाङ वाइट अर्किड फेस्टिभल: सांस्कृतिक प्रदर्शनी र वयस्क महिलाहरुका लागि वाकाथन आयोजना गरिने
Kurseong-orchid-festival


खरसाङ, 15 जनवरी (हि.स.)। खरसाङमा भइरहेको वाइट अर्किड फेस्टिभलमा सांस्कृतिक प्रदर्शनी साथै वयस्क महिलाहरुका लागि वाकाथनको आयोजना गरिने भएको छ‌। गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा एवं वाइट अर्किड फेस्टिभल खरसाङकी सदस्य आशा मुखिया लामाले आगामी 24 देखि 26 जनवरीसम्म हुने खरसाङ वाइट अर्किड फेस्टिभल अन्तर्गत 24 र 25 जनवरीमा सांस्कृतिक प्रदर्शनी गरिने जानकारी गराइन्।

उनले यसावधि खरसाङ सांस्कृतिक संस्थान खरसाङद्वारा दुई दिन जातीय संस्कृति र परम्परागत चीजबीजहरु, भाँडाकुँडाहरु, गर गहनाहरु, जातीय वाद्य वादनहरु पनि प्रदर्शनी गरिने बताइन्। उनले यस उत्सवमा जातीय खानपानहरुको पनि प्रदर्शनी एवं बिक्री गरिने छ भनिन्।

उनले वाइट अर्किड फेस्टिभल अन्तर्गत 25 जनवरीको दिन 60 वर्ष नाघेका वयस्क महिलाहरुका लागि वाकाथन आयोजना गरिने थप जानकारी गराएकी छन्। उक्त वाकाथन खरसाङको रोहिणी जिरोदेखि खरसाङ बजार भएर मन्टिभियट रोड हुँदै मन्टिभियट खेल मैदानसम्म आयोजना गरिने छ। उनले वाकाथनमा‌ 60 वर्ष नाघेका वयस्क महिलाहरुले भाग लिन सक्ने र इच्छुक सहभागीहरुले नाम दर्ता गराउन सक्ने बताइन्।

उनले खरसाङ नगरपालिकाको वार्ड नम्बर 1 देखि 20 सम्म अनि खरसाङ खण्ड अन्तर्गत पञ्चायत क्षेत्रमा 60 वर्ष नाघेका वयस्क महिलाहरुले भाग लिन आह्वान गरेकी छन्। उक्त पत्रकार सम्मेलनमा गोर्खा सांस्कृतिक संस्थान खरसाङकी सचिव प्रनिता मुखिया घिसिङ पनि उपस्थित थिइन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande