खरसाङ, 15 जनवरी (हि.स.)। सुनुवार मुखिया समाज, तराई शाखाको दोस्रो स्थापना दिवस मङ्गलबार दुधे बजारमा सम्पन्न भयो। आनन्द मुखियाद्वारा सञ्चालित समारोहमा मुख्य अतिथिको रूपमा समाजका प्रतिनिधिहरू मोहन मुखिया, उषा मुखिया, अर्जुन मुखिया, अशोक मुखिया, राकेश मुखिया (मुन्ना) उपस्थित थिए।
भक्त मुखियाको सभापतित्वमा सम्पन्न समारोहलाई उत्तम मुखिया, एसके मुखिया अनि कैलाश मुखियाले सम्बोधन गरेका थिए। वक्ताहरूले तराई शाखाले आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा गरेकोमा बधाई दिए। तिनीहरूले तराई क्षेत्रका सबै सुनुवार मुखियाहरू संगठित अनि एकीकृत भएर आफ्नो जाति अनि समुदायको उन्नतिको निम्ति अघि आउने आग्रह गरे।
वक्ताहरूले आगामी दिनहरूमा समाजद्वारा गरिने विभिन्न कार्यक्रमहरूबारे पनि अवगत गराए। अन्य जातिभन्दा सुनुवार मुखिया जाति धेरै पछौटे भएकोमा दुःख व्यक्त गर्दै तर अब सबै सदस्यहरू आफ्नो संस्कृति र संस्कार बचाउन एकबद्ध हुनुपर्छ औ आफ्ना नानीहरूलाई पनि जातिय संस्कार र संस्कृतिको बारेमा जनाउनुपर्छ भन्ने आह्वान वक्ताहरूले गरे।
सञ्जीव मुखियाद्वारा स्वागत सम्बोधन राखिएको समारोहमा तराई क्षेत्रका धेरै सदस्य एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भनी उत्तम मुखियाले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक