गान्तोक, 15 जनवरी (हि.स.)। सडक तथा पुल मन्त्री एनबी दाहालले पश्चिम सिक्किमको चिवाभञ्ज्याङस्थित उत्तरेदेखि नेपाल–भारत सीमासम्मको 20 किलोमिटर सडकको निरीक्षण गरेका छन्। निरीक्षणअघि मन्त्री दाहालले त्यस क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) र सिक्किम सशस्त्र प्रहरी (एसएपी) का जवानसँग अन्तरक्रिया गरेका थिए।
चिवाभञ्ज्याङमा खानेपानीको समस्याबारे सुरक्षाकर्मीहरूले चिन्ता व्यक्त गरेका थिए भने मन्त्री दाहालले एसएसबीका कमाण्डिङ अधिकारीलाई मुख्यमन्त्रीसँग यस विषयमा छलफल गरिने आश्वासन दिए। चिवाभञ्ज्याङ छिमेकी राष्ट्र नेपालको सीमा क्षेत्रसँगै पर्यटकीय दृष्टिले पनि रमणीय रहेकाले सड़क जड़ानको अत्यावश्यक रहेको छ।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले पर्यटन क्षेत्रलाई बढ़ावा दिन नागरिकलाई सवारी सुविधा सुनिश्चित गर्ने प्रयासका साथ सडक विकास कार्यलाई अघि बढाइरहेको छ। यस अवसरमा राज्य सरकारका शिक्षा, खेलकुद एवम् युवा मामिला विभाग मन्त्री राजु बस्नेत, विभागीय सल्लाहकार तथा रिन्चेनबुङ समष्टिका विधायक इरूङ तेञ्जिङ लेप्चा, सचिव सड़क एवम् पुल विभागका अधिकारी पनि सामेल थिए।
हिन्दुस्थान समाचार / बिशाल