अलिपुरद्वार, 15 जनवरी (हि. स.)। जिल्लाको फालाकाटा ब्लकमा हात्तीहरूले निरन्तर आक्रमण गरिरहेका छन्। बुधवार भोर बिहान पनि हात्तीको आक्रमणमा सातवटा घर सहित एउटा पसल क्षतिग्रस्त भएको छ। घरमा राखिएका खाद्यान्नहरू पनि हात्तीले सबै खाइदिएको छ। यस घटनाको कारणले फालाकाटा ब्लकको तासटी चिया बगानमा सन्त्राष फैलिएको छ।
स्थानीय सूत्र अनुसार दलगाउँ जंगलदेखि निक्लेर एउटा हात्ती तासटी चिया बगानको आवासीय क्षेत्रमा पस्यो। त्यसपछि हात्तीले चिया बगानको जेंगा लाइनस्थित एउटा पसल, प्रधान सन्थाल र प्रधान मुण्डाको घरको एक भागलाई क्षतिग्रस्त बनाइदियो। यस अतिरिक्त सोही चिया बगानको पानु लाइनका प्रदीप उराँव, कार्तिक उराँव, निर्मल उराँव, रामलाल उराँव औ बिशुआ उराँवको घरभित्र पसेर हात्तीले घर पूर्ण रूपमा क्षतिग्रस्त बनाइदियो। तर यस घटनामा कुनै प्रकारको जनहानि भएको समाचार छैन। यसरी हात्तीले लगातार आक्रमण गरिरहेको कारण स्थानीय मानिसहरू भयभित भएका छन्। उनीहरूले सबै नोक्सानको लागि वन विभागसित क्षतिपूर्तिको माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा