दुई लाख रुपियाँको कफ सिरपसित तीन पक्राउ
दुई लाख रुपियाँको कफ सिरपसित तीन पक्राउ


मालदा, 15 जनवरी (हि. स.)। मालदा टाउन जीआरपी पुलिसले तस्करी हुन अगाव लगभग 900 बोतल कफ सिरप सहित तीनजना मानिसहरूलाई पक्राउ गरेको छ। पक्करा पर्ने तीनै आरोपी बिहार निवासी हुन्।

मालदा टाउन जीआरपी थानाका आईसी प्रशान्त रायले बुधवार बताए, उनको टीमलाई गुप्त सूचना प्राप्त भएको थियो, दिल्लीबाट प्रचुर मात्रामा कफ सिरपको तस्करी गरी बंगलादेश लैजाने प्रयास भइरहेको छ। त्यसपछि मालदा टाउन स्टेशनको प्लेटफर्ममा तीनजना संदिग्धहरूलाई समातियो। जाँच गर्दा उनीहरूबाट पाँचवटा ब्यागमा लगभग 900 बोतल कफ सिरफ भेटियो। जफ्त गरिएको उक्त कफ सिपको अनुमानित बजार मूल्य लगभग दुई लाख रुपियाँ रहेको छ।

प्रारम्भिक जाँचमा थाहा लागे अनुसार आरोपीहरूले कफ सिरपसितै बालुरघाटको बाटो भेर हिली सीमामा जाने योजना बनाएका थिए। तीनैजना आरोपीहरू लामो समदेखिकै तस्करीको गिरोहमा सामेल छन्। त्यसैले जाँचको उद्देश्यले तीनैको नामलाई गोपनीय राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande