कुचबिहार, 15 जनवरी (हि.स.) । पश्चिम बंगालको कुचबिहार जिल्लामा गए मंगलवार राती दुईजना युवकहरूको हत्या भएको सन्त्राषपूर्ण मामिला सामु आएको छ। विवाद हुँदा-हुँदै दुवै युवकले एका-अर्कालाई धारिलो हतियारले प्रहार गरे जसबाट दुवैको घटनास्थलमै मृत्यु भयो। घटनास्थलमा स्थानीय मानिसहरूले दुवै युवकलाई रगताम्मे अवस्थामा देखेपछि तत्काल अस्पतालमा पुऱ्याइयो जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।
मृतकहरूको पहिचान यूसुफ मिया र हसनुर रहमानको रूपमा भएको छ जो भेटागुड़ी दुई ग्राम पंचायतको उत्तर बालाडांगा क्षेत्रका निवासी हुन्।
स्थानीय मानिसहरूले बताए अनुसार दुवै नै आपराधिक गतिविधिमा सामेल थिए। यिनीहरूबीच कुनै पुरानो विवादलाई लिएर झगड़ा भएको थियो। विवाद बढ़्दै गएपछि एका-अर्कामाथि चक्कु लिएर जाइलागे।
घटनाको जानकारी पाए लगत्त पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। दिनहाटाका एसडीपीओ धिमान मित्राले बुधवार बताए, दुवै युवकको मृत्यु भइसकेको छ। यस सम्पूर्ण मामिलाको जाँच गरिँदैछ। पुलिसले अब यस कुराको जाँच गरिरहेको छ कि हत्याको वास्तविक कारण के थियो र यसमा को-को सामेल हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा