सियालदहबाट पनि वन्दे भारत एक्सप्रेस संचालन हुने
सियालदहबाट पनि वन्दे भारत एक्सप्रेस संचालन हुने


कोलकाता, 15 जनवरी (हि.स.) । रेल यात्रीहरूको लागि खुशीको खबर छ। अहिलेसम्म हावड़ा स्टेशनदेखि संचालन हुने वन्दे भारत एक्सप्रेस चाँड़ै नै सियालदह स्टेशनबाट पनि शुरू हुनेछ। रेलवे सूत्र अनुसार यस रूटमा वन्दे भारत ट्रेनलाई संचालन गर्नको लागि आवश्यक आधारभूत ढाँचाको निर्माण जारी छ र आगामी तीन महिनाभित्रमा यसलाई शुरू गर्नसक्छ।

रेलवे अधिकारीहरू अनुसार कोलकाता टर्मिनल नजिक काशिपुरमा एक आधुनिक कोचिंग डीपो बनाइनेछ जसमा लगभग 250 करोड़ रुपियाँ खर्च हुने अनुमान छ। यस अतिरिक्त रेलवे ट्र्याकको कामलाई पनि पूरा गरिँदैछ। पूर्वी रेलवेका जनरल म्यानेजर सहित वरिष्ठ अधिकारीहरूले पहिला नै यस क्षेत्रको निरीक्षण गरिसकेका छन्।

उल्लेखनीय छ, भारत सरकारले देशभरि नै वन्दे भारत एक्सप्रेस संचालन गर्ने योजना बनाएको थियो जसमा पश्चिम बंगाल पनि सामेल छ। राज्यमा पहिलो वन्दे भारत ट्रेन हावड़ादेखि न्यू जलपाईगुड़ी रूटमा शुरू गरिएको थियो। हाल बंगालमा नौवटा रूटहरूमा यो ट्रेन संचालन हुँदै आइरहेको जसमा हावड़ा-न्यू जलपाईगुड़ी, हावड़ा-पुरी, न्यू जलपाईगुड़ी-गुवाहाटी, हावड़ा-पटना, न्यू जलपाईगुड़ी-पटना, हावड़ा-राँची, हावड़ा-भागलपुर, हावड़ा-गया औ हावड़ा-राउरकेला सामेल छन्।

रेलवेको भनाइ छ, निर्माण कार्य पूरा हुनसाथ सियालदहदेखि वन्दे भारत एक्सप्रेसको सेवा शुरू गरिनेछ जसबाट यात्रीहरूलाई तीव्र अनि आरामदायक यात्राको लाभ प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande