राजधानीका अग्नि पीडित परिवारहरूलाई अनुग्रह राशि प्रदान
राजधानीका अग्नि पीडित परिवारहरूलाई अनुग्रह राशि प्रदान


गान्तोक, 15 जनवरी (हि.स.)। राज्यका ग्रामीण विकास विकास एवम् सहकारी विभागका मन्त्री अरूण उप्रेतीले अग्नि पीडित परिवारहरूलाई सरकारको तर्फबाट अनुग्रह राशि प्रदान गरेका छन्। उल्लेख्य, गत 13 जनवरीका दिन गान्तोकस्थित शिशा गोलाई नजिक एउटा काठको घरमा आगालागी हुँदा घर खरानीमा परिणत भएको थियो। आगालागीका कारण उक्त घरमा बस्दै आएका परिवारहरूले सर्वस्व गुमाएका थिए।

पीडित परिवारहरूलाई अनुग्रह राशि प्रदान गर्ने क्रममा गान्तोक जिल्लाका महकुमा अधिकारी महेन्द्र छेत्री, प्रशिक्षण अधिकारी विजयता खरेल, जिल्ला आपदा प्रवन्धन प्राधिकरणका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। मन्त्री उप्रेतीले पीडित परिवारहरूलाई राज्य आपदा प्रतिक्रिया कोषको नियमानुसार सहायताको आश्वासन दिए।

उक्त घरमा सन्दीप सुन्दास, रोशन सुन्दास, पुष्प सुन्दास, मुकेश छेत्री, सुकु डोमा लेप्चा, भाइचुङलेप्चा, अर्जुन शर्मा, बाल कृष्ण कार्कीढोली, उमेश शर्मा, अब्दुल रहमान र मोहम्मद मुस्लिम किरायमा बस्दै आएका थिए। सोही प्रकारले तीन अतिरिक्त परिवारलाई पनि अनुग्रह राशि प्रदान गरियो, जसको घर आगोको चपेटमा परि आंशिकरूपमा क्षतिग्रस्त बनेको थियो।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande