नयॉं दिल्ली, 16 जनवरी (हि.स.)। भारतले अन्तरिक्ष क्षेत्रमा एक अझ ठूलो उपलब्धि हासिल गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बिहिवार बिहान इतिहास रच्दै दुईवटा उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा स्थापित गरेको छ। यसका साथै विश्वमा अमेरिका, रूस, चाइनापछि भारत यो उपलब्धि हासिल गर्ने चौथो देश बनेको छ। स्पेडेक्स डकिङको सफलतामा इसरोले टीम र देशवासीहरूलाई बधाई दिएको छ।
बिहिवार इसरोले ट्वीट गरेर भनेको छ, अन्तरिक्ष यान डकिङ सफलतापूर्वक पूरा भयो। यो एक ऐतिहासिक क्षण हो। स्पेडेक्स डकिङ प्रक्रियाबारे इसरोले भनेको छ, डकिङको शुरुवात सठीकतासॅंग भयो र 15 मिटरदेखि तीन मिटर होल्ड पोइन्टसम्म प्रक्रिया पूरा भयो। यस सम्पूर्ण प्रक्रियालाई सफलतापूर्वक क्याप्टर गरिएको छ। भारत अन्तरिक्ष डकिङमा सफलता प्राप्त गर्ने विश्वकै चौथो देश बनेको छ।
सफल डकिङ प्रयोग भारतमा गरिने धेरै मिशनहरूको निम्ति आवश्यक छ। भारतको योजना 2035 मा आफ्नो अन्तरिक्ष स्टेशन स्थापित गर्ने रहेको छ। मिशनको सफलता यसको निम्ति महत्वपूर्ण छ। भारतीय अन्तरिक्ष स्टेशनमा पॉंच मड्यूल हुनेछ जसलाई अन्तरिक्षमा एकसाथ ल्याइने छ। यसमा पहिला मड्यूल 2028 मा लन्च गरिनु छ। यो मिशन चन्द्रयान 4 जस्ता मानव अन्तरिक्ष उडानहरूको निम्ति पनि महत्वपूर्ण छ। यो प्रयोगले उपग्रहको मरम्मति, इन्धन भर्ने, फोहोर हटाउने र अन्यका लागि आधार तयार गर्नेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी