हरिद्वारमा खड़ा ट्रकसित ठोकियो कार, हरियाणाका चार युवकको मृत्यु
हरिद्वारमा खड़ा ट्रकसित ठोकियो कार, हरियाणाका चार युवकको मृत्यु


हरिद्वार, 02 जनवरी (हि.स.)। हरिद्वार-दिल्ली हाईवेमा अबेर राति बहादराबाद थाना अगाड़ी शनि देव मन्दिर नजिक एउटा कार स़ड़क छेउ खड़ा ट्रकसित ठोकियो। यस दुर्घटनामा कार सवार रेवाड़ी (हरियाणा) का चार युवकको मृत्यु भयो जबकि एक अन्य गम्भीर रूपमा घाइते भय़ो, जसलाई एम्समा भर्ती गराइएको छ। बुधवार अबेर राति हरियाणादेखि हरिद्वार घुम्न आइरहेका पाँच युवकको कार बहादराबाद थाना अगाड़ी शनि देव मन्दिर नजिक सड़क छेउ खड़ा ट्रकसित ठोकियो। भिड़न्त यति भीषण थियो कि कार सवार केयर सिंह (35), आदित्य (38), मनीष (36) को घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा घाइते दुई व्यक्तिलाई जिल्ला अस्पताल पुऱ्याइयो। डाक्टरहरूले प्रकाश (40) मृत घोषित गरे। दोस्रो घाइते महिपालको गम्भीर अवस्था देखेर चिकित्सकहरूले उसलाई हायर सेन्टर रेफर गरे। पुलिसले घटनास्थलमा पुगेर शवहरूलाई पोस्टमार्टमको निम्ति पठायो। यस मामिलामा थानाध्यक्ष नरेश राठौड़ले भने, पाँचौं व्यक्ति एउटै गाउँ लिसाड़ी जिल्ला रेवाड़ी, हरियाणा निवासी हो। मृतकहरूका परिजनहरूलाई सूचित गरिएको छ। शिकायत पाइएपछि कारबाही गरिनेछ। ट्रक भगवानपुरदेखि 800 सीमेन्टको ब्याग भेरर ढालवालामा अम्बुजा सीमेन्टको गोदाम ऋषिकेश गइरहेको थियो। ट्रकको चालक बाटोमा शौच गर्न रोकेको थियो। यही अवधि यो दुर्घटना घट्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande