
- पक्षधर पत्रकारिता प्रामाणिक होस्, तथ्य-तर्कसंगत होस्: रामबहादुर राय
नयॉं दिल्ली, 04 जनवरी (हि.स.)। पूर्व केन्द्रिय सूचना एवं प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले जनहितको सट्टा जन-हितको पत्रकारिता देशको निम्ति घातक रहेको बताएका छन्। ठाकुर अनुसार, सॉंचो र असल पत्रकारिता त्यहीं हो जसले जनसाधारणलाई सदैव राष्ट्रको हितप्रति जागरुक राख्दछ, तर देशको छविलाई धूमिल बनाउने विषयहरूप्रति सावधान पनि गराउॅंछ। हिन्दी पाक्षिक युगवार्ताको विस्तारको नवीन योजनाको शुभारम्भ गर्दै उनले पत्रकारिताको क्षेत्रमा राष्ट्रिय सेचनाको संचार र राष्ट्रिय एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने काम गरिरहने अपेक्षा व्यक्त गरे।
नयॉं दिल्लीस्थित इन्दिरा गॉंधी राष्ट्रिय कला केन्द्रमा आयोजित समारोहलाई सम्बोधित गर्दै सांसद एवं पूर्व केन्द्रिय मन्त्री ठाकुरले भने, देशले वर्तमानमा चौतर्फी प्रगति गरिरहेको छ। आर्थिक रूपमा भारत विगत 10 वर्षमा संसारको दशौं अर्थव्यवस्थादेखि पॉंचौं अर्थव्यवस्था बनेको छ र द्रुत गतिमा तेस्रो अर्थव्यवस्था बन्ने दिशामा अग्रसर छ। कोरोना महामारीको समयमा पनि भारतको प्रगति रोकिएन, तर इन्फोडेमिकको माध्यमद्वारा विश्व मंचहरूमा भारतको दुर्दशा देखाउने प्रयास गरियो। मिडियामा व्याप्त कांग्रेस—कम्युनिष्ट तन्त्रको इको सिस्टमले राष्ट्रहितको सट्टा राष्ट्र—हिट अर्थात मोदी विरोधको माध्यमद्वारा राष्ट्रलाई नै हानि पर्याउने प्रयास गरिन्छ। यस्तो स्थितिमा युगवार्तामाथि निष्पक्ष पत्रिका र पत्रकारिताको क्षेत्रमा इमानदारीले कार्य गर्ने दायित्व छ।
हिन्दीका प्रसिद्ध पत्रकार एवं हिन्दुस्थान समाचारका समूह सम्पादक रामबहादुर रायले भने, वर्तमान समयमा निष्पक्ष पत्रकारिताको कुरा अप्रासंगिक बन्दै गइरहेको छ। तथ्य र तर्कहरूको साथमा आफ्नो कुरा विनम्रतापूर्वक प्रस्तुत गर्नु आवश्यक छ। जुन पक्षसॅंग तपाईहरू सहमत हुनुहुन्न त्यसप्रति पनि शालीन रहनुपर्छ र अशोभनीय विरोध गर्नु हुॅंदैन।
युगवार्ताको अहिलेसम्मको यात्रा र विस्ताको योजनाको चर्चा गर्दै उनले दिल्ली विधानसभा चुनाउभन्दा अघि यसलाई संचालन गर्ने उपयुक्त समय रहेको बताए। उनले भने, युगवार्ताको जिम्मेवारी भनेको आफ्ना विचारहरू तथ्य र तर्कहरू प्रमाणहरूको आधारमा प्रस्तुत गरेर मानिसहरूलाई विचार गर्न प्रेरित गर्नु हो।
हिन्दुस्थान समाचारका अध्यक्ष अरविन्द मार्डीकरले यस अवसरमा आफ्नो संस्थानको 75 वर्षीय उतार चढाव र चुनौतीपूर्ण यात्राका साथै गौरवशाली इतिहास साझा गरे। उनले भने, हामीले सबै चुनौतीहरूलाई परास्त गरेर वर्तमानमा हामी 15 भारतीय भाषाहरूमा सेवा दिने भारतको एकमात्र समाचार एजेन्सी बनेका छौ। हामी वर्तमान समयमा देशको सबैभन्दा विस्तारित च्यानल डीडी न्यूज र आकाशवाणीलाई प्रसार भारतीको माध्यमद्वारा आफ्नो सेवाहरू दिइरहेका छौ। यसरी नै देशका अनेक प्रमुख समाचार पत्रहरू हाम्रा क्षेत्रीय भाषाहरूका प्रशंसक हुन्।
यस अवसरमा प्रसार भारती बोर्डका सदस्य एवं वरिष्ठ पत्रकार अशोक टण्डनले हिन्दुस्थान समाचारलाई आफ्नो प्राथमिक पाठशाला बताउॅंदै संस्थानलाई हरसम्भव सहयोग दिने विश्वास दिलाए। वरिष्ठ साहित्यकार क्षमा शर्माले युगवार्ताको माध्यमले एकपल्ट फेरि नब्बेको दशक फर्केर आउने आशा व्यक्त गरिन्। उनले त्यस समय धर्मयुग, दिनमान, कादम्बिनी, मुक्ता, नंदन आदि पत्रिकाहरू समाचार पत्रका परिशिष्टका कारण बन्द भएको बताइन्। युगवार्ताका सम्पादक संजीव कुमारले सबै अतिथिहरूलाई धन्यवाद दिए। उनले वक्ताहरूको अपेक्षा अनुरूप पत्रकारिताको आदर्शलाई कायम राख्ने विश्वास दिलाए।
हिन्दुस्थान समाचार / बिशाल