भारतको गोर्खा राइफल्सले नेपालको साथ शुरू गऱ्यो संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' 
भारतको गोर्खा राइफल्सले नेपालको साथ शुरू गऱ्यो संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' 


नयाँ दिल्ली, 02 जनवरी (हि.स.)। भारती सेनाको 334 कर्मीको टुक्रीले नेपालको सेनाको साथ बटालियन स्तरीय संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' शुरू गरेको छ। अभ्यासको यस 18औं संस्करणमा सामेल हुन भारतको सैन्य टुक्री 28 दिसम्बरमा नेपालको निम्ति प्रस्थान भएको थियो। नेपालको सलझण्डीमा 29 दिसम्बरदेखि 13 जनवरीसम्म चल्ने यो अभ्यास साझा सुरक्षा उद्देश्यहरूलाई हासिल गर्नका साथै दुई मित्रवत छिमेकीहरूबीच द्विपक्षीय सम्बन्धहरूलाई प्रोत्साहन दिनेछ।

सैन्य प्रवक्ताले भने, नेपाल र भारतका सेनाहरूबीच हुने यो सैन्य अभ्यास वार्षिक प्रशिक्षण कार्यक्रम हो, जुन दुवै देशमा पालो गर्दै आयोजित गरिन्छ। भारतीय सेनाको टुक्रीको नेतृत्व 11औं गोर्खा राइफल्स र नेपाली सेनाको टुक्रीको प्रतिनिधित्व श्रीजंग बटालियनले गरिरहेका छन्। 'सूर्य किरण' अभ्यासको उद्देश्य जंगलमा युद्ध, पहाड़हरूमा आतङ्कवाद विरोधी अभियानहरू र संयुक्त राष्ट्र चार्टर अन्तर्गत मानवीय सहायता र आपदा राहतमा अन्तर-संचालन क्षमतालाई बढ़ाउनु हो।

अभ्यासको माध्यमले दुवै देशका सैनिक आफ्नो परिचालन क्षमताहरूलाई बढ़ाउनेछन्, आफ्नो युद्ध कौशललाई तिर्खानेछन् औं चुनौतीपूर्ण परिस्थितिहरूमा एकसाथ काम गर्न आफ्नो समन्वयलाई मजबुत बनाउनेछन्।

अभ्यासमा परिचालन तयारीहरू, विमानन पहलुहरू, चिकित्सा प्रशिक्षण र पर्यावरण संरक्षणलाई बढ़ाउनमाथि ध्यान केन्द्रित गरिनेछ। अभ्यास 'सूर्य किरण' को यो संस्करण भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र नेपालका सेना प्रमुख जनरल अशोक राज सिगडेलको एक-अर्काको देशहरूको सफल यात्राहरू र मानद उपाधीले सम्मानित भएपछि गरिँदैछ। अभ्यास 'सूर्य किरण' भारत र नेपालबीच वर्तमान मित्रता, विश्वास र साझा सांस्कृतिक सम्बन्धहरूलाई अझ् प्रगाढ़ बनाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande