पञ्जाबमा श्रीलंकाई नागरिकहरूको अपहरणमा दुई पक्राउ
पञ्जाबमा श्रीलंकाई नागरिकहरूको अपहरणमा दुई पक्राउ


चण्डीगढ़, 02 जनवरी (हि.स.)। अमृतसर पुलिसले श्रीलंकाको दुई नागरिकहरूको अपहरण गरी फिरौती मागेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। पक्रा परेका आऱोपीहरूले भारतमा घुम्न आएका श्रीलंकाई नागरिकहरूलाई अल्बानियाको वर्क भीसा दिलाउने प्रलोभन दिएका थिए। आरोपीहरूले श्रीलंकाई नागरिकहरूलाई अमृतसर बोलाएर उनीहरूको अपहरण गरे औं उनीहरूका साथीबाट आठ हजार अमेरिकी डलरको फिरौती मागे।

पुलिसले मामिलाको सूचना पाएपछि तुरन्तै कारबाही गऱ्यो र दुवै अपहरण गरिएका नागरिकहरूलाई होशियारपुरबाट उद्धार गऱ्यो। पक्रा परेका आरोपीहरूले फिरौतीको निम्ति श्रीलंकाई नागरिकहरूलाई एउटा होटलमा राखेका थिए र पछि उनीहरूलाई साथ लगेर फिरौतीको माग गरेका थिए।

अमृतसरका पुलिस कमिश्नर गुरप्रीत भुल्लरले भने, एक षड़यन्त्र अन्तर्गत श्रीलंकाई नागरिकहरूलाई आरोपीहरूले आफ्नो जालमा फंसाए। पुलिसले तुरन्तै कारबाही गर्दै आरोपीहरूलाई पक्राउ गऱ्यो र तेस्रो आरोपीलाई पक्राउ गर्न छापामारी जारी छ। पुलिसले आरोपीको धोखाधड़ी र अपहरणको योजनालाई विफल बनायो।

उनले थप भने, दिल्लीमा घुम्न आएका छह श्रीलंकाई नागरिकहरूलाई एक षड़यन्त्र अऩ्तर्गत फंसाइयो। उनीहरूको एक साथीले उनीहरूलाई अल्बानियाको भीसा दिलाउने र रोजगारको पनि प्रलोभन दियो। यसपछि उनीहरूलाई अमृतसर बोलाइयो, जहाँ एक पुरूष र एक महिलाले श्रीलंकाई नागरिकलाई कुनै बहाना बनाएर आफ्नो कारमा बसाएर लगे। त्यहाँ आरोपीहरूले उनीहरूका साथीहरूलाई कल गरेर यदि आठ हजार अमेरिकी डलर आरोपीहरूको खातामा ट्रान्सफर नगरे उनीहरूलाई छोड्नेछैनन् भने। पुलिसले जस्तै यसबारे सूचना पायो, तब दुवै नागरिकलाई सुरक्षित तरीकाले मुक्त गराइय़ो। पुलिस टीमले पछ्याएर दुई मुख्य आरोपीलाई पक्राउ गऱ्यो। आरोपीहरूसित सोधपुछ जारी छ र यिनीहरूका तेस्रो साथीलाई पनि छिट्टै समाइनेछ। यस बाहेक जुन श्रीलंकाई नागरिकले दिल्लीमा परिचय गराएको थियो, उसलाई पनि छिट्टै पक्राउ गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande