कांगपोकपी (मणिपुर), 21 जनवरी (हि.स.)। उग्रवादी गतिविधिहरूको विश्वस्त सूचनाको आधारमा सुरक्षा बलहरूले भारत-म्यान्मार सीमावर्ती क्षेत्रमा व्यापक अभियान संचालन गरे। अभियान अवधि सीमावर्ती कांगपोकपी जिल्लाको माओहिंग गाउँ (कांगपोकपी थाना क्षेत्र)- मा प्रचुर मात्रामा हतियार भेटियो जसलाई सुरक्षा बलहरूले जफ्त गरे।
जफ्त गरिएका सामग्रीहरूमा एउटा देशी तोप (पम्पी), एउटा डबल ब्यारल बोर गन, एउटा .303 राइफल औ म्यागजिन, एउटा 9 एमएम पेस्तोल (देशी) औ म्यागजिन, दुई नम्बर 36 ह्याण्ड ग्रेनेड (बिना डेटोनेटर), चारवटा 16 बोरको जिँदो गोली तथा सातवटा 7.7 एमएमको खाली गोली सामेल छन्। यस सम्बन्धमा मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा