गान्तोक, 05 फरवरी (हि.स.)। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई जन्मदिनको बधाई एवं शुभकामना दिएका छन्।
प्रधानमन्त्री मोदीले आफ्नो एक्स पोस्टमा लेखेका छन्, 'सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेजीलाई उहाँको जन्मदिनको शुभकामना। भगवानले उहाँलाई दीर्घायु र स्वस्थ जीवनको आशीर्वाद दिऊन्।'
मुख्यमन्त्री प्रेमसिंह तामाङको जन्म 05 फरवरी, 1968 मा पश्चिम सिक्किमको सोरेङमा भएको थियो।
हिन्दुस्थान समाचार / बिशाल