-पुलिस भिड़न्तमा एकजना कन्स्टेबल एवं डाँका घाइते
गुवाहाटी, 05 फरवरी (हि.स.)। बशिष्ठ पुलिसले गुवाहाटीको छः माइल क्षेत्रमा अभियान संचालन गरी तीनजना कुख्यात डाँकाहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीहरूको पहिचान अजय सिंह, दीपु तेरोन र दिव्यज्योति सैकियाको रूपमा भएको छ। पुलिस अनुसार यो ग्यांग शहरका केही क्षेत्रहरूमा बाइक चोरीको मामिलामा सामेल थियो। गए मंगलवार राति पुलिसले जोराबाटमा ग्यांगलाई धरपकड़ गर्दा क्षेत्रका केही उपद्रवीहरूले पुलिसमाथि ढुङ्गामुड़ा गरे। धरपकड़ गर्दा दिव्यज्योति सैकियाले भाग्ने प्रयास गरे, तर पुलिसले भिड़न्तमा फेरि उसलाई समात्यो। भिड़न्तमा एकजना कन्स्टेबल पनि घाइते भए जसलाई जीएमसीएचमा भर्ती गराइएको छ। पुलिसले आरोपी दिव्यज्योतिलाई समात्नको लागि उसको खुट्टामा गोली चलायो जसमा उ घाइतो भयो।आरोपी दिव्यज्योतिको पनि उपचार जीएमसीएचमा भइरहेको छ। पुलिसले आरोपीहरूबाट दुईवटा चोरीको बाइक अनि मास्टर की (चाबी) जफत गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा