कोलकाताको अदालत परिसरमा पुलिस अधिकारीको गोलीले चाल्नी भएको शव भेटियो, जाँचमा जुट्यो पुलिस
कोलकाताको अदालत परिसरमा पुलिस अधिकारीको गोलीले चाल्नी भएको शव भेटियो, जाँचमा जुट्यो पुलिस


कोलकाता, 05 फ़रवरी (हि. स.)। कोलकाताकोबीबीडी बाग क्षेत्रस्थित ब्यांकशाल सिटी सिभिल कोर्ट परिसरमा बुधवार बिहान एकजना पुलिस अधिकारीको गोली लागेर चाल्नी भएको शव भेटियो। मृत पुलिस अधिकारीको पहिचान गोपाल नाथको रूपमा भएको छ जो मालदह जिल्लाका बासिन्दा हुन् साथै न्यायाधीशको सुरक्षा प्रभारी थिए। उनकोसर्भिस रिवल्वरलाईशवदेखि केही टाड़ा भेटिएको छ।

प्रारम्भिकजाँचमा यो मानिँदैछ,उनले आफ्नो सर्भिस रिवल्वरले आत्महत्या गर्ने गरे होलान्। तथापि पुलिस यस कुराको जाँचमा जुटेको छ कि यसमा अन्य कुनै कारण वा षड़यन्त्र त लुकेको छैन। घटना बिहान भएको हो जतिबेला कोर्टका गतिविधिहरू शुरू भएकै थिएनन् र क्षेत्रमा दुई-चारजना मानिसहरू मात्र थिए। स्थानीय मानिसहरूले चर्को आवास सुनेर सुरक्षा गार्डलाई बोलाए। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि कलकत्ता मेडिकल कलेजमा पठाइदियो।

गोपाल नाथकोरिवल्वर उनकोशवदेखि केही टाड़ामा भेटियो। यसलाई सामान्य मानिएको छैन। त्यसैले पुलिसले गहन जाँच गर्ने निर्णय लिएको छ जसमा खोजी कुकुर र फिंगरप्रिन्ट विशेषज्ञहरूको सहयोग लिइँदैछ। यो खबर लेखुञ्जेलसम्म पनि यो घटनाको कुनै प्रत्यक्षदर्शी भेटिएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande