इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ नगरपालिका समिति गठन 
इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ नगरपालिका समिति गठन


- खरसाङ बजार, टुङ र दिलारामबाट 50 परिवार भए सामेल खरसाङ, 05 फरवरी (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ नगरपालिका समिति गठन गरिएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ कार्यालयमा आज बसेको एक सभामा समिति गठन गरिएको हो।

यस सभामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय कार्यकारिणी समितिको तर्फबाट प्रकाश गुरूङ, एनबी खवास, महेन्द्र छेत्री, योगेन्द्र प्रधान, नर्बु शेर्पा, पूरण तामाङ आदि उपस्थित रहेका थिए।

यसैगरी, आज 50 परिवार इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्। समर्थन जनाउनेहरूमा खरसाङ बजार, टुङ र दिलाराम क्षेत्रका जनता रहेको विज्ञप्तिमा बताइएको छ। योगेन्द्र राईको नेतृत्वमा समर्थन जनाउन आएका समर्थकहरूलाई पार्टी नेतृत्वहरू महेन्द्र छेत्री, प्रकाश गुरूङ आदिले खदा लगाइदिएर स्वागत जनाए।

दार्जीलिङ पार्वतीय क्षेत्रका गाउँ बस्ती, चिया बगान, सिन्कोना बगान आदि क्षेत्रहरूदेखि लिएर शहरीय क्षेत्रका मानिसहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई समर्थन जनाउँदै पार्टीमा सामेल भइरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande