प्रदेश भाजपाद्वारा सामसङ तामाङलाई तत्काल पक्राउ गर्नुपर्ने माग 
प्रदेश भाजपाद्वारा सामसङ तामाङलाई तत्काल पक्राउ गर्नुपर्ने माग


गान्तोक, 05 फरवरी (हि.स.)। खस समुदायलाई लक्षित गरी जातीय र विभाजनकारी टिप्पणी गर्ने सामसङ तामाङ विरुद्ध तत्काल कारबाही गर्न सिक्किम पुलिस विफल बनेको भन्दै भाजपा सिक्किमले गहिरो चिन्ता व्यक्त गरेको छ। व्यापक आक्रोश हुॅंदाहुॅंदै पनि कानुनी कारबाहीमा ढिलाइले न्याय कायम राख्ने र सामाजिक सद्भाव कायम राख्ने राज्य प्रशासनको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाउँछ भनी भाजपा सिक्किमले बताएको छ।

भाजपा सिक्किमको मिडिया प्रभारी निरेन भण्डारीले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, सिक्किम सधैं सबै समुदायहरूबीच शान्तिपूर्ण सहअस्तित्वको लागि परिचित छ। यस्ता घटनाहरू विरुद्ध दृढतापूर्वक र ढिलाइ नगरी कारबाही गर्नुपर्छ। उनले सामसङ तामाङको तत्काल पक्राउ र सामाजिक सञ्जालबाट सबै विभाजनकारी सामग्री हटाउनु पर्ने माग राखेका छन्।

भाजपा सिक्किमले सबै समुदायहरूलाई यस्ता विभाजनकारी शक्तिहरू विरुद्ध एकताबद्ध हुन आग्रह गरेको छ। सिक्किमको शक्ति यसको एकता र पारस्परिक सम्मानमा निहित छ र हामीलाई एकतामा बाँध्ने सद्भावलाई बिगार्न अनुमति दिनु हुँदैन भनी बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande